
काठमाडौं । पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको विमानमा लोक गायिका निरा छन्त्यालको निधन भएको छ । बाग्लुगंकी छन्त्या ल पोखरा जानका लागि विमानस्थलबाट यति एयरको विमानबाट उे डकी थिइन् । उनले फेफेुबुकमा तस्विर सार्वजनिक गर्दे स्टाटसल ले खेकी थिइन् ।
गायिका निराले काठमाडौंबाट जहाज चढ्नु अघि बागलुङ घरमा फोन गरेर म पोखरा आउँदैछु ममि भनेकी रहेछ । तर, पोखरा आ काशमै अस्ताइन् लोकदोहोरी गायिका निरा छन्त्याल ।
उनले शनिबार छन्त्याल भवन काठमाडौंमा गरेको रमाइलो पछि आज (आइतबार)का लागि पोखरामा रमाइलो गर्नुपर्छ भन्दै फेस बुकमा तस्बिर सार्वजनिक गरेकी थिइन् ।
विमानस्थलमा अवतरण गर्नुभन्दा केही सेकेण्ड अगाडि विमान पोख राको घारेपाटनस्थित सेती नदीको खोचमा दुर्घटनाग्रस्त भएको छ । उनको अवस्थाबारे अहिलेसमम जानकारी आएको छैन ।
उड्नु अघि आज बिहान फेसबुकमा फोटो शेयर गर्दै माघे सक्रान्तिको शुभकामना दिएकी थिइन् ।
उनले लेखेकी थिइन् ‘माघे सङ्क्रान्तिको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमाबुवा, दाजुभाइ तथा दिदिबहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।’ अहिले उनी दुर्घटना परेको खबर सँगै उनका शुभचिन्क र फ्यानहरु दुखी भएका छन् ।
गायिका छन्त्यालको अवस्थाबारे कुनै आधिकारिक जानकारी नआए पनि यात्रुहरूको सूचीमा उनको नाम समावेश रहेको छ ।उनी माघे सङ्क्रान्तिका अवसरमा पोखरामा आयोजना हुने कार्यक्रमका लागि प्रस्थान गरेकी थिइन् ।