एयर होस्टेस ओसिनको घर पुग्दा आफन्तहरु शोकाकुल, ५ महिनामै यस्तो भयो (भिडियो सहित]

एयर होस्टेस ओसिनको घर पुग्दा आफन्तहरु शोकाकुल, ५ महिनामै यस्तो भयो भिडियो तलको समाचारको अन्तमा समावेश गरिएको छl

पोखरा । पोखरामा भएको जहाज दुर्घटनामा ज्यान गुमाउनेमध्ये अधिकांश दम्पती छन् ।

बाँकी पनि एकाघरका सदस्य छन् । राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत डा. सुशील श्रेष्ठ र उनकी श्रीमती डा. सोना दिवारकको मृत्यु भएको छ । उनीहरूका १० महिने छोरा पनि दुर्घटनामा परे । श्रेष्ठ अर्थोपेडि क तथा स्पाइनल सर्जन हुन् । उनीहरू माघेसंक्रान्ती मनाउनका लागि घर आउँदै थिए ।

पहिचान खुलेका मध्ये पोखरा २५ हेमजाका राजन सापकोटा र उ नकी श्रीमती आशिका सापकोटा पनि सोही जहाजको दुर्घटनामा प्राण गुमाए ।

राजन केही दिनअघि अमेरिकाबाट नेपाल आएका हुन् । आशिका उनलाई लिन काठमाडौँ गएकी थिइन् । अघिल्लो वर्ष विहे गरेर अ मेरिका गएका राजन फर्किँदा ९ महिना भएकोले माघ कुरेका हुन् ।

‘नेपाली समाजमा ९ महिनामा घर फर्किनु हुँदैन भन्ने चलन छ । राज न केही दिनअघि नै काठमाडौँ आए पनि परिवारले माघ लागेपछि मात्रै घर आउन सुझाव दिएका थिए,’ उनका छिमेकीले भने, ‘माघ लागेपछि १० महिना लाग्यो । त्यसैले उनी पोखरा आउन लागेका हुन् ।

हेमजाकै जितेन्द्र कुँवर र उनकी श्रीमती भगवती कुँवरको पनि दुर्घट नामा निधन भयो । छोरी डाक्टर पढेर पोखरामा जागिर खाने नाम निकालेपछि उनीहरू छोरी लिन काठमाडौँ गएका थिए । छोरी र छोरा कोठाको सामान लिएर गाडीबाट पोखरा आए । कुँवर दम्पती प्लेनबाट पोखरा आउँदै थिए ।

माछापुच्छ्रे गाउँपालिका २ भुर्जुङखोलाका बेलबहादुर गुरुङ र उनकी श्रीमती सीता गुरुङ पोखरा आउने क्रममा जहाज दुर्घटनामा परे । दुव ईबाट आएका श्रीमान् लिन सीता काठमाडौँ गएकी थिइन् ।काठमा डौँमा दुई जना भेटेर पोखरा फर्किन लागेका थिए ।

माछापुच्छ्रे गाउँपालिकाकै वडा नम्बर ७ धम्पुसका शिवकुमार गुरुङ र अनुशा गुरुङ अस्ट्रेलियाबाट केही दिनअघि मात्रै काठमाडौँ आए का हुन् । उनीहरू जहाजमा पोखरा आउँदै गर्दा घर नपुग्दै अस्ताए ।

दुर्घटनामा पर्वत कुश्माका ४६ वर्षीय अरुण पौडेल र उनकी ११ वर्ष की छोरी प्रसिद्धि पौडेलको पनि मृत्यु भएको छ । प्रसिद्धि काठमा डौँको बृहस्पति विद्याश्रममा कक्षा ५ मा पढ्थिन् । पौडेल छोरी लिन काठमाडौँ गएको बताइएको छ । उनी गत मङ्सिर ४ गते भएको प्र तिनिधि सभा चुनावमा पर्वतबाट स्वतन्त्र उम्मेदवार थिए ।

कुश्मा १ का रचना काफ्ले र रिहान पौडेल आमा छोरा हुन् भने विहा दी गाउँपालिका ५ उराम पोखराका जमुना शर्मा, युवराज शर्मा, आरु बि शर्मा र वेबी शर्मा एकै परिवारका हुन् । उनीहरू क्रमशः आमा, छो रा, नाती र नातिनी रहेको पुष्टी भएको छ ।

दुर्घटनामा ब्रिटिस वेलफेयर अस्पतालमा कार्यरत डा. गणेश थापा को पनि निधन भएको छ । बुटवल घर भएका ३६ वर्षका थापा का ठमाडौँमा परिवारलाई भेटेर कर्म क्षेत्र पोखरा फर्किँदै थिए । अरूको खोजी भइरहेको छ ।

यती एयरलाइन्सको विमान दु,र्घटनामा परेकी एयरहोस्टेस हुन् । ओ सिन आलेमगर । उनै आलेमगरले करिब ५ महिना अघि मात्रै यती एयरलाइन्समा जागीर खाएको बताइएको छ ।केही वर्षअघि सहारा एयरहोस्टेस एकेडेमीबाट एयरहोस्टेसको कोर्स पुरा गरेकी उनको स्थायी घर भने चितवन रहेको छ । एयरहोस्टेस ओसिनले यती ए यरलाइन्समा नाम निकालेपछि उनी निकै खुशी थिइन् । आफ्नो एयरहोस्टेस बन्ने सपना पुरा भएको भन्दै उनी निकै उत्साहित रहेको बताइन्छ ।

उनी टिकटकमा समेत सक्रिय थिइन् । ओसिनले कहिलेकाहीं विमान भित्र पनि भिडियो बनाएर पोस्ट गर्ने गर्थिन् । आज यती एयरलाइन्स को विमान दु,र्घटना हुँदा उनको उड्डयन यात्राले समेत विश्राम लिएको छ । ओसिन दु,र्घटनामा परेसँगै उनको परिवार क्षतविक्षत बनेको छ ।

आइतबारको विमान दु,र्घटनामा चालक दलका ४ जना सदस्य र ६८ जना यात्रुहरु सवार रहेका थिए अर्थात ३७ जना पुरुष, २५ जना म हिला, ३ जना बच्चा र ३ जना शिशु रहेका छन् ।

जसमध्ये ५३ जना नेपाली, ५ जना भारतीय ४ जना रसियन, २ जना कोरियन, १ जना अर्जेटेनि, १ जना अस्ट्रेलियन, १ जना आइरिस र १ जना फ्रान्सेली नागरिक रहेका छन् ।