एयरहोस्टेस ओसिन मगरले मृत्युअघि बनाएको यस्तो भिडियो भाइरल (भिडियो सहित)

यती एयरलाइन्सको विमान दुर्घटनामा परेकी एयरहोस्टेस ओसिन आलेमगरले बनाएको टिकटक भिडियोहरु यतिबेला सामाजिक स ञ्जालमा भाइरल भइरहेको छ । उनै आले मगरले करिब ५ महिना अघि मात्रै यती एयर लाइन्समा जागीर खाएको बताइएको छ ।

केही वर्षअघि सहारा एयरहोस्टेस एकेडेमीबाट एयरहोस्टेसको कोर्स पुरा गरेकी उनको स्थायी घर भने चितवन रहेको छ ।

एयरहोस्टेस ओसिनले यती एयरलाइन्समा नाम निकालेपछि उनी नि कै खुशी थिइन् । आफ्नो एयरहोस्टेस बन्ने सपना पुरा भएको भन्दै उनी निकै उत्साहित रहेको बताइन्छ ।

उनी टिकटकमा समेत सक्रिय थिइन् । ओसिनले कहिलेकाहीं विमानभित्र पनि भिडियो बनाएर पोस्ट गर्ने गर्थिन् ।

आज यती एयरलाइन्सको विमान दुर्घटना हुँदा उनको उड्डयन यात्राले समेत विश्राम लिएको छ । ओसिन दुर्घटनामा परेसँगै उनको परिवार क्षतविक्षत बनेको छ ।

आइतबारको विमान दुर्घटनामा चालक दलका ४ जना सदस्य र ६८ जना यात्रुहरु सवार रहेका थिए अर्थात ३७ जना पुरुष, २५ जना म हिला, ३ जना बच्चा र ३ जना शिशु रहेका छन् ।

जसमध्ये ५३ जना नेपाली, ५ जना भारतीय ४ जना रसियन, २ जना कोरियन, १ जना अर्जेटेनि, १ जना अस्ट्रेलियन, १ जना आइरिस र १ जना फ्रान्सेली नागरिक रहेका छन् ।

https://youtu.be/mOHhZQ7mOtQल