शोकमा डुब्यो पोखरा , मृतकहरुको शव काठमाडौं ल्याइयो

पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भएकामध्ये २५ जना को शव काठमाडौं ल्याइएको छ । नेपा ली सेना को एमआई–१७ हेलिकोप्टरमार्फत शव भर्खरै ल्याइएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ ।

क्यानका अनुसार बाँकी २३ शव भने अर्को हेलिकोप्टरबाट काठमाडौं आउने क्रममा छ । दुर्घटनामा प्राप्त ७० शवमध्ये २२ वटाको सनाखत भई आफन्तलाई पोखरामा बुझाउने व्यवस्था मिलाइएको क्यानले ज नाएको छ ।

क्यानका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार शव बोकेको सेनाको हेलिकोप्टर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।

सुरुमा शिक्षण अस्पताल महाराजगन्जमै हेलि कोप्टर अवतरण गर्ने तयारी गरिएपनि त्यहाँ हुन नसकेपछि पुनः विमानस्थलमा अवतरण भएको छ ।

विमानस्थलबाट शव शिक्षण अस्पतालमा लगेर परीक्षणपछि आ फन्तलाई बुझाइने प्रवक्ता निरौ लाले बताउनुभयो । थप शव लिन सोही हेलिको प्टर पोखरा जानेछ ।

दुर्घटनामा बेपत्ताको खोजी कार्य आज पनि बिहानैदेखि सुरु गरिएको छ । नेपाली सेना, नेपाल प्रहरी सशस्त्र प्रहरी बल र गोताखोर सहित को टोलीले खोजी कार्य गरिरहेको क्या नले छ । रासस