
नाबालिग जबर्जस्तीकरणी अभियोगमा जेल चलान भएका अभिनेता पल शाहलाई मंगलबार जिल्ला अदालत तनहुँले सफाइ दिएपछि अ भि नेत्री पुजा शर्माले खुसी सीमै नरहेको बताएकी छन् ।
उता पल शाहले सफाइ पाएपछि नायिका पुजा शर्मामा खुसीको सीमा रहेको छैन् भन्दै खुलेर फोटो सेयर गरेकी हुन् । उनले आफु जहिले पनि पलको साथमा रहेको बताएकी छन् ।
उनले सामाजिक संजाल मार्फत खुशी व्यक्त गरेकी हुन्। उनले लेखे की छन्, ‘जहिले तिम्रो साथमा थिएँ, अहिले खुसीको सीमा रहेन ।’ जिल्ला अदालत तनहुँले अभिनेता पल शाहलाई सफाइ दिएको छ ।
मंगलबार जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले बलात्कारको अभियोगमा दाबी नपुगेको भन्दै शाहलाई सफाइ दिए को छ । अदालतले शाहलाई सफाइ दिए पनि नवलपुर जिल्ला अदा लतले साढे २ वर्ष कैद सजाय गरेका कारण उक्त सजाय काटेपछि मात्र उनी जेल मुक्त हुनेछन् ।
एक बालिकालाई बलात्कार गरेको आरोपमा तनहुँ र नवलपरासी पूर्वमा शाहमाथि मुद्दा दायर भएको थियो ।
सोही मुद्दामा जिल्ला अदालत नवलपरासी पूर्वले भने शाहलाई बला त्कार मुद्दामा सफाइ दियो भने बाल यौन दुरुपयोग आरोपमा २ वर्ष ६ महिना जेल सजाय र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुप र्ने फैसला गरेको थियो