हजारौं सपना बोकेर अस्ट्रेलिया पुगेकी २२ वर्षीय नेपाल युवती बाकासमा फर्किइन

काठमाडौं -नयाँ वर्षको दिन सिड्नीको वाट्सन वेमा एक नेपाली युवती मृत अवस्था भेटिएका थिइन ।सिड्नीको नेपाल महावाणि ज्यदुत दिपक खड्का अनुसार निधन हुनेमा २२ वर्षिय प्रनिता श्रेष्ठ हुन् ।

न्यु साउथ वेल्स प्रहरीले घटनाको अनुसन्धान गरिरहेको तथा पोष्टमा र्टमको प्रकृया सुरु भइसकेकाले यस बारे थप विवरण दिन नमिल्ने नेपालट्युबलाई जानकारी गराएको छ ।

नेपालट्युबले नेपालस्थित मृतकको आमा र सिड्नीस्थित सानी आमा (आमाकी बहिनी )संग सम्पर्क गरिसकेको छ ।

परिवारका सदस्यहरुका अनुसार मृतक प्रनिता निकै मिलनसार र स हयोगी स्वभावको हुनुहुन्थ्यो । प्रनिताको शव नेपाल पठाउन सानी आमा श्वेता थापाले गोफण्डमी मार्फत सहयोग संकलन सुरु गर्नु भएको थियो ।

नेपालमा परिवारको आर्थिक अवस्था कमजोर रहेको तथा शव पठाउन १५ हजार डलर खर्च हुने भएकाले उक्त रकम संकलन भ एपछि उनको लाश नेपाल आएको हो ।

तस्बिर गुगलबाट