
काठमाडौं – संगीतलाई नै भगवान् ठान्थेँ। खासै मन्दिर जादैन थिएँ। खै आज बिहानैदेखि पशुपति जान मन लाग्यो। पशुपति पुगेपछि भक्कानिएँ। खुब रुन मन लाग्यो। आज मलाई के भो के भो’,माघे सक्रान्तिको दिन भेटमा सुनाएका थिए गायक तथा सङ्गीतकार तिलक सिंह पेलाले।
एकछिनलाई म मौन बनिदिन्छु। मलाई थाहा छ उनको भावुकता। बि दाको दिन प्राय: एक्लै घुम्न निस्किन्छन्। हिँड्दै कहाँ–कहाँ पुग्छन्। दिनभरि जङ्गल डुलेर गुँडमा फर्किएको पन्छीझैं आइपु ग्छन् साँझ पख।उसो त यो सहरमा वर्षौअघि पनि भौतारिएका थिए।
त्यो भौतारिनुको उद्देश्य थियो मनले खोजेको गुरु भेटाउनु। त्यो बेला गुरु नै नपाएको, कैयौंको ढोकाबाट रित्तै फर्किनु परेको कुरा सुनाउँ छन उनी। धेरै ठाउँ धाएँ। कैयौं गुरुका ढोकाबाटै फर्किनु पर्यो।
बल्लतल्ल मेरो अनुरोध स्वीकार गरिदिएर श्रद्धेय गुरु धनबहादुर गोपालीले शिष्य बनाउनु भयो। काठमाडौं आएको ४ वर्षपछि जब गुरु पाएँ तब म धन्य भएँ।ती तिनै पेला हुन् जसले २०५३ सालमा १७ वर्षको उमेरमा संगीतको ज्ञान नभइकन पहिलोपटक आफ्नै लयमा गाए कृष्णसिंह पेलाका यी शब्द:
उदाश उदाश साँझमा तस्बिर लिएर हातमा
गाउँदैछु यौटा गीत प्रियसीको यादमा
त्यसपछि लगत्तै बजारमा आँसु एल्बम ल्याएर चर्चा कमाएका थिए। त्यतिखेर सुदूरपश्चिममाको बजार डेउडामय थियो। कसैले कल्पना सम्म पनि गर्न सकेका थिएनन् आधुनिक गीतका एल्बम हरू बिक्ला न भन्ने। त्यतिबेला बडो साहसका साथ बजारमा देखा परेका थिए उनी। उनको उक्त एल्बम रातका रात हिट भयो। अहिलेको जस्तो सामजिक सञ्जाल थिएन।
एकातिर गाउँघरमा लाहुरेका टेप रेकर्डरहरू थिए। अर्कोतिर कहिले काहीँ रेडियो नेपालका सांगीतिक कार्यक्रमहरूमा बज्थे उनका गीतह रू। त्यो समयमा पनि महेन्द्रनगरको आशिर्वाद क्यासेट सेन्टरका दी पक खरेलले क्यासेट दुई लट बेचिसकेर तेश्रो लटमा पैतिस सय ल्या एको बिल देखाएका थिए। तिनै खरेलले रोयल्टीका बारेमा पनि ब ताए उनलाई। पेलासँग कम्पनीले कुनैखाले सम्झौता गरेको थिएन।
उनलाई थाहा थिएन रोयल्टी वापतको पैसा आउछ भनेर। सुदूरप श्चिममा मात्रै लगभग पन्ध्र हजारको अनुमानमा क्यासेट बिक्री भए। नेपा लभरि कति बिक्री भयो थाहा छैन। काठमाडौं आई कम्पनी मा लिकसँग रोयल्टी माग्दा बाह्र सय एल्बम बिक्री भएको भनी जम्मा छत्तिस सय रुपयाँ हातमा थमाएको तितो अनुभव छ उनीसँग।
कम्पनी मालिकसँग रोइकराइ गरेर मास्टरकपी फिर्ता लिएर उनी फ र्किए सुदूरपश्चिम। आँसु एल्बम निस्किन बन्द भएको खबर थाहा पा एर ताल म्युजिक प्रा.लि.का असरल खान उनको खोजिमा महेन्द्रनग र नै पुगे।
दोश्रोपल्ट ताल म्युजिकबाट बजारमा आयो आँसु एल्बम। केही दिन पछि काठमाडौं आएका पेलाले रोयल्टी वापत अग्रिम सात हजार रु पैयाँ पनि बुझे। बल्ल उनी संगीत सिक्न थाले।