
काठमाडौं । प्रत्यक्ष दोहोरीमा चर्चित गायक राजु परियारसँगको घम्साघम्सीमा निराले जवाफ फर्काउनुभएको थियो – ‘हे… सब मरिन्छ, त्यही अन्तिम वर्षमा बाँचुञ्जेली बाँचम् न हर्षमा…’
जीवनलाई खुसीसाथ जिउनुपर्छ भन्ने उनै निरा आफन्त र शुभेच्छुक लाई शोकमा छाडेर आफू चाहिँ भौतिक संसारबाट अलप हुनुभएको छ । ख्यालख्यालमै गाएको गीत आफ्नै जीवनमा मेल खान आइपु ग्यो ।
लोकदोहोरी क्षेत्रमा जबर्जस्त उदाउनुभएकी गायिका छन्त्यालले अस मयमै मृत्युवरण गर्नुप¥यो ।गत वर्ष उहाँ आफैँले गाएको गीतले भने झैँ, निराका लागि यो वर्ष (२०७९) नै अन्तिम बन्यो ।
न अब कतै युट्युबका भित्ता, न मेला, महोत्सवका झकिझकाउ म ञ्चमा उहाँलाई प्रत्यक्ष हेर्न÷सुन्न नै पाइने छ । केबल स्वजनका स्मृति र आफ्ना सिर्जनामा निरा बाँचिरहनुहुनेछ ।
बागलुङको बडिगाड गाउँपालिका–३ सिसाखा नीमा जन्मनुभएकी निराको जीवनभर नेपाली लोकसङ्गीतको सेवा गर्ने उत्कट अभिला षामा पनि ठेस पुगेको छ ।
आइतबार माघे सङ्क्रान्तिका अवसरमा पोखरामा हुने छन्त्याल समुदायको कार्यक्रममा भाग लिएर गायिका छन्त्याल मङ्गलबार म्याग्दी महोत्सवमा पुग्ने समय तालिका थियो । त्यहीँ बाट बागलु ङको भीमापोखरा जाने कार्यक्रम थियो ।
“बैनी निरासँग मञ्चीय कार्यक्रममा दर्शक, स्रोतालाई मनोरञ्जन दिलाउने कला र शैली अनौठो थियो”, लोकगायक विष्णु खत्रीले भन्नुभयो, “त्यही कारण मेला, महोत्सवमा उहाँको व्यस्तता बढ्दो थियो, धेरैतिर बोलाउँथे ।”
सङ्गीत क्षेत्रमा भविष्य खोज्दै छन्त्याल चार वर्षअघि काठमाडौँ छिर्नुभएको थियो । गायनमा सफल हुँदै गएपछि उहाँको माग पनि बढ्दै गए को थियो । शनिबार मात्र काठमाडौँमा आयोजि त कार्य क्रममा उहाँले प्रस्तुति दिनुभएको थियो ।
सोही दिन टुँडिखेलामा सिसाखानीको ऐतिहा सिक घाटु नाच प्रदर्श नका लागि पनि उहाँ सक्रिय भएर लाग्नुभएको थियो । पोखरा उड्नु अघि निराले सामाजिक सञ्जालमार्फत माघे सङ्क्रान्ति पर्वको शु भकामना दिनुभएको थियो ।
छन्त्यालले विद्यालय तहको पढाइ गाउँकै सिसाखानी माविमा पूरा गर्नुभएको थियो । बुबा मनबहादुर र आमा लिला छन्त्यालको कोख बाट जन्मनुभएकी निराको निधनपछि जन्मगाउँ सिसाखानीमा पनि शोक छाएको छ ।