
काठमाडौं — यती एयरलाइन्स विमान दुर्घटनाम मृत्यु भएकी गायि का निरा छन्त्याल तथा मृत्यु हुने सम्पुर्णको सम्झनामा गायक पुस्क ल शर्माले स्टेजबाट सबैलाई मौनधारण गर्न लगाए । सुदुर पश्चिम महोत्सवको अवसरमा कैलालीको अत्तरियामा शर्माले सबैलाई १ मिनेट मौनधारण गरेर दिवङ्गत आत्माको चीर शान्तीको कामना गर्न लगाए ।
पोखरामा दुर्घटनाग्रस्त भएको यति एयरलाइ न्सको विमान दुर्घटना मा ज्यान गुमाउने मध्येकि एक थिईन् लोकगायिका नीरा छन्त्याल ।बागलु ङ घर भएकी गायिका छन्त्याल एक साङ्गीतिक कार्यक्रममा सहभागी हुन काठमाडौंदेखि पोखरा उडेकी थिइन् ।
उनले चार घण्टा अगाडि मात्रै आफ्नो फेसबुक बाट माघे सङ्क्रान्ति शुभकामना लेखेकी थिइन् ।यसै गरी, हिजो उनले ‘भोलि पोखरा रमा इलो गर्नुपर्छ’ भन्दै स्टाटस लेखेकी थिइन् ।
गायिका छन्त्याल लाइभ लोकदोहोरी गितका लागि एकदमै चर्चित थिईन् । तर अब उनको गित सुन्न पाइने छैन अब सधैका लागि । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले गायिका छन्त्यालको निधनमा सोमबार देशभर शोक मनाउने निर्णय गर्दै दोहोरी साँझ बन्द गर्ने जनाएको हो ।
प्रतिष्ठान अध्यक्ष रमेश बिजीको अध्यक्षतामा बसेको बैठकले प्रतिष्ठानको सदस्य समेत रहेकी गायिका छन्त्यालको निधनमा केन्द्र, प्रदेश र सबै शाखामा शोक मनाउने निर्णय गरेको हो ।
गायिका छन्त्यालको निधनले प्रतिष्ठानलाई एकदमै ठुलो क्षति पुगेको समेत विज्ञप्तिमा उल्लेख छ ।
२२ वर्षीया गायिका छन्त्यालको निधनले संस्था शोकमा डुबेको अ ध्यक्ष बिजीले बताए । गायिका छन्त्याल लाइभ दोहोरीमा चलेकी कलाकार हुन् ।