
आइतबार पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा चालक दलका चार सदस्य मध्ये एक थिइन्, रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर ५ की सृजना हुङचुङ मगर ।
विमान दुर्घटनामा एयर होस्टेज सृजनाको पनि मृत्यु भएको खवरपछि अहिले गृहनगर सैनामैना परोहा शोकमा डुबेको छ । रुपन्देही सैनामै ना-५ सेरुवाकी सिर्जना हुङचुङ (सिर्जु थापा) बोइङ को विमानको परिचारिका बन्ने लाइनमा थिइन्।
यती एयरलाइन्समा २०७२ देखि उनले काम गर्न सुरु गरेकी थिइन्। मेहनत र लगावले उनको निरन्तर बढुवा भइरहेको थियो। २९ वर्षीया उनी ८ वर्षदेखि सोही एयरलाइन्समा एयर होस्टेजको रुपमा कार्यरत थिइन् ।
उनी गत दशैं भन्दा एक हप्ता अगाडि बिदामा घर पुगेकी थिइन् सृज नाका मामा एकबहादुर गाहाका अनुसार उनी तीन दाजुभाइकी एक्ली चेली थिइन् ।
‘दशैं अगाडि आउँदा भान्जीलाई अब विवाह गर्नुपर्यो भनेर मैले सोधें एकबहादुरले लोकान्त रसँग भने, ‘सबैको रहर पूरा गर्ने गरी घरबाट विवाह गर्ने हो सबैलाई नचाउने हो भन्नुभएको थियो त्यो भान्जीको सपना र रहर अपुरै भयो ।
शालिन र भद्र सृजनालाई घरमा सबैले सृजु भनेर बोलाउँथे । भदौ अन्तिम सातातिर सृजना भाइ कमल बिरामी हुँदा पनि भैरहवास्थित
युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (युसिएम) आएर तीन/चार दिन बसेकी थिइन् सम्पूर्ण उपचार खर्च तिरेर भाइलाई घर प ठाए पछि मात्रै उनी आफू काठमाडौं फर्किएकी थिइन् ।
माघे संक्रान्तिको बटुक बनाएर पाहुर पठाउने योजना थियो। काठमाडौंमा बस्दै आएकी सिर्जुकी भाउजु पाहुर बोकेर जाने तयारी
गरिरहँदा विमान दुर्घटनाको खबर आएको थियो। खबरले घर छिमेकी शोकमा छन्। एयर होस्टेजको तालिम सके लगत्तै उनले सात वर्षअघि जागिर पाएकी थिइन्।