
काठमाडौँ । आज साताको पहिलो दिन (आइतबार) नेपाली बजारमा सुनको भाउ ओरालो लागेको छ ।
आज सुनको भाउ तोलामा ५ सय रुपैयाँले घटेको छ भने चाँदीको भाउ १५ रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घका जनाएको छ।
महासंघका अनुसार, आज छापावाल सुनको भाउ प्रतितोला ९६ हजार ३ सय रुपैयाँ तोकिएको छ ।
तेजावी सुनको भाउ प्रतितोला ९५ हजार ८ सय रुपैयाँ रहेको छ ।
शुक्रबार छापावाल सुन प्रतितोला ९६ हजार ८०० रुपैयाँ र तेजावी सुन प्रतितोला ९६ हजार ३ सय रुपैयाँमा कारोबार
भएको थियो ।
यस्तै, आज चाँदी प्रतितोला १ हजार २ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।