
मिना ढकाल जो कहिले गीत गाएर चर्चामा आउँछिन् त कहिले फि ल्ममा अभिनय गरेर। कुनै समय व्यक्तिगत जीवनका कारण चर्चामा आएकी उनले बुटिक पनि सञ्चालन गरिन्। तर कोरोनापछि बन्द भ यो। दुई सन्तानकी आमा मिना अहिले एक्लै छिन्। उनले उकेरासँग आफ्नो प्रसव पीडा र खुसी यसरी साटिन्।
म जन्मनुअघि ‘छोरा हुन्छ’ भन्ने लागेको रहेछ बुबालाई। तर २०३३ मा म जन्मिए। अस्पताल मा जन्मेकाले मेरो बुबालाई डाक्टर-नर्सले बच्चा साटिदिए कि भन्ने लागेछ। बुबाले यो कुरा पछिसम्म भनिरहनु हुन्थ्यो। एक वर्षको उमेर पुगेपछि मलाई मामाघरमा छाडियो।
छोराछोरीहरू धेरै भएकाले मामाघर छाडिएको थियो।पाँच वर्षसम्म मामाघर बसेँ। त्यसपछि कहिले घर, कहिले मामाघर आउजाउ भइ रह्यो। यसले मेरो पढाई कहिले कता कहिले कता भइरह्यो। एसएल सी एक्कैचोटी कटाउन सकिन। अङ्ग्रेजी विषय लाग्यो।
दोहोर्याएर परीक्षा दिएर पास भएकी हुँ।सानैदेखि अरूभन्दा अलि फरक स्वभावको थिएँ। हक्की भएकाले सबै केटाहरू म देखि डराउँ थे। उनीहरूले मलाई हेरे मात्रै भने पनि म किन हेरेको भनेर निहुँ खो ज्थेँ। छुच्चो भएकाले मैल जति आमाबुबाको पिटाई अरू दिदीबहिनी ले खाएनन् पनि।
त्यति बेला कोरिया जाने ट्रेन्ड चलेको थियो। पासपोर्ट बनेको थिएन, तर म कि कोरिया जान्छु, कि पुलिसमा भर्ना हुन्छु भनेर काठमाडौँ आ एँ। मेरो काका प्रहरीमा हुनुहुन्थ्यो।
उहाँ म भन्दा ७ वर्ष मात्रै जेठो। हवलदार हुनुहुन्थ्यो।जीवनसाथीको रूपमा सँगै यात्रा गर्न सकिन्न भन्ने भयो। अनि डिभोर्स भयो। डिभोर्स को चरणमा कसरी पुगियो त्यो धेरै सार्वजनिक भइसकेको छ।
अहिले उनले दोस्रो विवाह गरिसकेका छन्। अब पुराना दिन सम्झि एर हुने पनि केही हैन। तर सन्तानको याद भने खुबै आउँछ। अहिले छोरा र छोरी दुवै ठुला भएका छन्।
दुवै बाउसँगै बस्छन्। म अहिले एक्लै बस्छु दुवै सन्तानलाई सम्झँदै! फेरि, भन्छिन्, ‘मेरो पीडा न मनोजले बुझ्यो न छोरा-छोरीले नै १७ बर्ष देखी २२बर्ष सम्मको उमेरको ह्याण्डसम, सोझो र ईमान्दार केटा पाए बिबाह गर्ने सोचमा छु।’