भाईरल जोडि बखत र किरण रुदै मिडियामा, बिहे नर्गने भन्दै बने भाबुकसम्पूर्ण कुरा भिडियो मा समाबेश गरिएको छ ।

नयाँबानेश्वरमा मंगलबार प्रेमप्रसाद आचार्यले आफ्नो शरीरमा आगो लगाएको घटनालाई लिएर माननीय सोविता गौतम लेख्नुहुन्छ : ‘प्रेम आचार्यको आत्मदाह वहाँक व्यक्तिगत- व्यवसा यिक असफलता र त्यसले निम्त्याएको मानसिक पीडाको उपज मात्र कदापी होइन ।

एउटा सग्लो, जिउँदो-जाग्दो मानिसलाई यहाँको राजनीति, समाज र बजारले कसरी हदैसम्मको दु:ख दिएर मृत्युवरण गर्न बाध्य बनाउँछ भन्ने कुराको उदाहरण हो ।युवाको जनसंख्या उल्ले ख्य भएर पनि ज नसाङ्ख्यिक लाभ लिन नस क्दा, देशभित्रै अर्थोपार्जनका सम्भावना हरुको

खोजी गर्न नसक्दा धेरै नेपाली विदेश पलायन र मृत्युवरण सम्मको बाटो तय गर्न बाध्य छन् । कोभिड -१९ पछि विश्वव्यापी आर्थिक संकट उत्पन्न भयो, जसबाट हाम्रो देश पनि अछुतो रहेन । तर त्यस पछि दैनिक ज्यालादारी गर्ने श्रमिक वर्ग, कृषक, साना तथा मझौला उद्योगी,

व्यवसायी, पर्यटन व्यवसायीको आर्थिक स्तरोन्नतिको लागि गम्भीर भएर सोचिएन ।ठप्प भएको अर्थतन्त्रलाई कसरी चलायमान बनाउने भन्ने सन्दर्भमा नतिजाउन्मुख बहसहरु भएनन् । त्यस विपरीत, सम स्यामा परेका साना

व्यावसायीलाई भनेर छुट्टयाइएको अनुदान जसरी पनि ठूला व्यावसा यीकै पोल्टोमा पार्ने, श्रमिकको रोजगारी तथा जीवनयापनको सुनि श्चितता नगर्ने, अत्याधिक ब्याजदर कायम गरेर ऋण तिर्नै नसकिने गरी फसाउने जस्ता कृयाकलाप भए ।

सामाजिक न्यायको भावनामाथि खेलवाड भयो । आचार्यजीको दु: खद् कथनले बताइसकेको छ, यहाँ कानुनको शासनको अभाव छ, सिस्टम असफल भएको छ ।

आचार्यजीको मृत्युबाट हामी सबैले पाठ सिक्नुपर्छ, र वहाँले जस्तो नियति अरुले भोग्न नपरोस भनेर कदम चाल्नुपर्छ । अर्थतन्त्र सुदृढि करण र सामाजिक न्याय स्थापनाको लागि तेज गतिमा काम गर्नुको विकल्प छैन । जाँदाजाँदै वहाँले राजनीतिमा भर्खरै प्रवेश गरेका जन प्रतिनिधिहरूबाट सकारात्मक परिवर्तनको आशा राख्नुभएको रहेछ । यसबाट मलाई थप जिम्मेवार हुन प्रेरणा मिलेको छ ।

वहाँको आशालाई यथार्थमा बदल्न म जन प्रतिनिधिको हैसियतले हरसम्भव प्रयत्न गर्नेछु । साना तथा मझौला व्यापारीलाई समस्याको जन्जालबाट बचाउनेतर्फ वहाँले दिनुभएका सुझाव आफूले समेत मन न गर्दै सरोकरवाला निकायमा पुर्याएर परिवर्तनको पहल गर्नेछु ।

आचार्यजीको आत्माको शान्तिको कामना गर्दै र शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्न चाहन्छु ।’