
काठमाडौं । लोकप्रिय युवा गायक बाबु कृष्ण परियारको दमौली बोलको गीत नसुनेका दर्शक,,, श्रोता निकै कम होलान् उनै परियारले अर्को नयाँ गीत “सत्ता दाउ” भर्खर मात्र सार्वजनिक गरेका छन् ।
गीत सार्वजनिक भएको २४ घण्टामै १ लाख भन्दा धेरै दर्शक बनाएर एकाएक चर्चा कमाएको छ । यो पटक पनि परियारले सबैलाई नचाउने खालेको गीत तयार पारेका छन् ।
परियार आफैले आवाज दिएको सो गीतमा गायिकामा भने शान्ति श्री परियारले साथ दिएकी छन् ।
यस अघिको गीतमा पनि यही जोडीले आवाज दिएको थियो । गीतलाई निश्चल दवाडीले लय तथा शब्द सिर्जना गरेका छन् ।
अडियो सँगै गीतको भिडियो पनि उत्कृष्ट बनाइएको छ । गीतलाई सुनिल क्षेत्रीले निर्देशन गरेका छन् भने सुनिल क्षेत्री र एलिसा शर्माले अभिनय गरेका छन् ।
भिडियो हेर्नुहोस् ।