
काठमाडौं । चर्चित लाइभ दोहोरी गायक भीम पौडेलको निधन भए को छ । उनको राति निधन भएको बताइएको छ । उनको पार्थिव श रीरलाई आज पोखरा लैजाने तयारी गरिएको छ ।
पौडेलको के कारणले ज्यान गयो भने अहिले सम्म खुल्न सकेको छैन तर उनी डिप्रेसन रहेको कतिको भनाइ छ । लाईभ दोहोरी मार्फत छो टो समयमै उनी निकै चर्चामा थिए । पछिल्लो समय कलाकारहरु धे रै डिप्रेसनमा जाने खबर आइरहेका छन् ।
यो पनि!,,बेलायतबाट समाजसेवी इशा गुरुङले प्रेम आचार्यका छोरीहरुका लागि भनेर गरिन् यतिठुलो रकम सहयोग !काठमाडौं । इलामका ३७ वर्षीय प्रेम आचार्यको निधनसँगै उनका परिवारलाई सहयोग गर्ने क्रम सुरु भएको छ । यसैबिच चर्चित समाजसेवी ईशा गुरुङ्गले यो दुखद घडीमा प्रेमका छोरीहरुका लागि भनेर १ लाख रुपैयाँ सहयोग गरेको बताएका छन् ।
ज्यान गुमाएका प्रेमको छोरीहरुको लागि उनले बैकको एकाउन्टमा १ लाख पठाएको भन्दै फेस बुक मार्फत जानकारी गराएका छन् ।आफू ले शरीरमा आगो लगाउनुअघि प्रेमले फेसबुकमा आफूले भोगेको दु ख बारे लेखेका थिए ।
उनले आफू ऋणमा रहेको भन्दै कोही मनकारी भए ऋण तिर्न आफ्नो श्रीमतीलाई सहयोग गरिदिन अनुरोध गरेका थिए । नयाँबानेश्वरस्थि त संसद भवन अगाडि आत्मदाहको प्रयास गरेका
प्रेम आचार्यको आज उपचारका क्रममा किर्तिीपुर स्थित बर्न अस्पता लमा निधन भएको हो । उनको निधन सँगै उपप्रधान तथा गृहमन्त्री र वि लामिछानेले राजनीतिमा आफूहरुको आगमनले पनि युवामा उ त्साह थप्न नसकेको बताएका छन् ।
नयाँबानेश्वरमा मंगलबार प्रेमप्रसाद आचार्यले आफ्नो शरीरमा आगो लगाएको घटनालाई लिएर गृहमन्त्री लामिछानेले राजनीतिमा आफू हरुको आमगनले समेत युवाहरुमा उत्साह थप्न नसकेको स्वीकारेका हुन् ।
आत्मदाहको निर्णय हिजो देखिको निराशा र पिडाको परिणाम भएको बताउँदै उनले आफूहरु जस्ता नयाँहरुको आगमनले समेत उत्साह थप्न, आशा जगाउन नसक्दा आत्मदाहको निर्णय फेर्न नसकेको बताएका छन् ।
यसमा आफूसमेत दोषी रहेको गृहमन्त्री लामिछा नेको भनाइ छ । ‘म दोषी छु। प्रेम आचार्यजी, नयाँ राजनीतिक दल र नेताको रुपमा तपा ईमा आशा जगाउन सकिनौं, हामीलाई माफ गर्नु होला,’ सामाजिक सञ्जाल फेसबुकमा गृहमन्त्री लामिछानेले लेखेका छन् ।
उपचारका क्रममा प्रेमप्रसाद आचार्यको निधन भएपछि उनले उनको मृत्युमा आफू पनि दोषी रहेको बताएका हुन् । उपप्रधान तथा गृह मन्त्री लामिछानेले लेखेका छन् स् एउटा नागरिकले अत्मदाह गर्नुपर्ने परिस्थितिको वर्णन गर्न अब के नै बाँकी रह्यो र ।
यस्तै परिस्थितिका कारण शान्त विद्रोह गरेर हामी हिजो भर्खर राजनीतिमा र आज भर्खर सरकारमा सामेल छौँ । मलाई थाहा छ, आत्मदाहको निर्णय हिजोदेखिको निराशा र पीडाको परिणाम हो ।
दुःख त मलाई यसमा लागेको छ कि हामी जस्ता नयाँहरुको आगमनले समेत तपार्इंमा उत्साह थप्न सकेन, आशा जगाउन सकेन, आत्मदाहको निर्णय फेर्न सकेन । यसमा हामी दोषी छौं, म दोषी छु ।
प्रेम आचार्यजी, नयाँ राजनीतिक दल र नेताको रुपमा तपाईंमा आशा जगाउन सकिनौं, हामीलाई माफ गर्नु होला। तपाईंको आत्माले चीरशान्ति पाओस्, परिवारलाई यो पीडा सहने शक्ति मिलोस्।