रवि लामिछाने र निकिता पौडेलको विवाह कानूनी रुपमा बदर यस्तो छ कारण ..

काठमाडौं । नागरिकता विवाद मुद्धामा दोषी ठहरिएका रवि लामि छानेको विवाह दर्ता पनि कानूनी रुपमा बदर भएको छ । सर्वोच्च अदालतले शुक्रबार गरेको फैसलामा रवि दोषी ठहरिए सँगै श्रीमती निकिता पौडेलसँगको विवाह पनि बदर गरिदिएको हो ।

रवि र निकिताले पुरानो नागरिकताको आधारमा ‘कोर्ट म्यारिज’ गरेका थिए । अभिलेख अनुसार रवि र निकिताबिच २०७७ साल माघ ८ गते काठमाडौँ जिल्ला अदालतमा ‘कोर्ट म्यारिज’ भएको थियो।

शुक्रबारको फैसलामा रविले अमेरिकी नागरिक ता परित्याग गर्दा नेपाललाई गृहमन्त्रालयमा जानकारी नगरिएको र सोही पुरानो ना गरिकता का आधारमा नेपालमा रहेको उल्लेख छ ।

कानून अनुसार विदेशी नागरिकता परित्याग गरेको अवस्थामा उक्त विषय गृहमन्त्रालयमा जानकारी गराउनु पर्ने र पुन: नागरिकता लिन का लागि निवेदन दिनुपर्ने व्यवस्था उल्लेख छ । शुक्र बारको सर्वोच्च को आदेशसँगै रविको उपप्रधान तथा गृहमन्त्री, सांसद, पार्टी सभाप तिसहितको पदबाट मुक्त भइसकेका छन् ।

काठमाडौं, माघ १३ गते । नेपाल प्रहरीले अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको १०१ थान राहदानी र ७९ थान प्रहरी चारित्रिक प्रमाणपत्र बरामद गरी अनुसन्धान थालेको छ । उक्त राहदानी र प्रहरी चारित्रिक प्रमाणपत्र लैजान लागेको आरोपमा विमानस्थल सुरक्षा कार्यालयले दुई जनालाई पक्राउ गरेको छ ।

उक्त राहदानी लिएर जान लागेका बेला पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–३ का ३८ वर्षीय अमित बोगटी र नवलपरासी (पूर्व) विनयी त्रिवेणी गाउँपालिका–७ की ३८ वर्षीया सोनीकुमारी गुरुङ हुनुहुन्छ ।

पक्राउपछि उहाँहरुलाई थप अनुसन्धानका लागि कार्यालयले गए राति केन्द्रीय अनुसन्धान ब्युरो मा ल्याएको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिनुभयो ।उहाँ हरुमाथि वैदेशिक रोजगारसम्बन्धी थप अनुस न्धान आवश्यक पर्ने भएकाले आजै वैदेशिक रोजगार विभागमा पठाइएको पनि थापाले बताउनु भयो ।

नेपाल एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट दिल्ली जान लागेका उनीहरूको लगेज जाँचका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल को अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान बिन्दुस्थित एक्स–रे गर्ने क्रममा लगेजमा शङ्कास्पद वस्तु देखिएको थियो ।

जाँच गर्दा भारत लान लागिएको अवस्थामा झोलामा उक्त राहदानी र प्रहरी चारित्रिक प्रमाणपत्र फेला परेको थियो । उनीहरुमाथिको सोधपुछका क्रममा उक्त राहदानी रोमानियामा भिसा स्ट्याम्पिङ ग र्नका लागि लान लागेको भनी वैदेशिक रोजगार विभागबाट जारी भएको भिसा स्ट्याम्पिङ निर्णय फाराम पेस गरेका थिए ।

सो सम्बन्धमा अनुसन्धान गर्दा उक्त फारममा उल्लिखित विवरण भएको राहदानीहरु र उनी हरुका साथबाट बरामद भएको राहदानी हरुको विवरण फरक पर्न आएको पाइएको प्रहरीले जानकारी दि एको छ । रासस