दयाहाङ राई र प्रकृति श्रेष्ठको बिहे पास ( हेर्नुहोस् )

काठमाडौं । दयाहाङ राई र प्रकृति श्रेष्ठले जोडी बाँधेको फिल्म बिहे पासको फस्र्टलुक पोस्टरसँगै रिलिज डेट घोषणा गरिएको छ ।

फिल्म आगामी नयाँ वर्षको नयाँ दिन २०८० को वैशाख १ गते रिलि ज हुने भएको छ । फिल्मको सार्वजनिक पोस्टरमा दयाहाङ र प्रकृ तिलाई प्रस्तुत गरिएको छ भने अर्को पोस्टरमा

उनीहरूको साथमा बुद्धि तामाङ, शिशिर वाङ्देल र रवीन्द्र झालाई प्रस्तुत गरिएको छ ।

सामाजिक कथाको फिल्म प्रवेश पौडेलको निर्देशन तथा आरआर फिल्म्स् प्रोडक्सनको ब्यानरमा रोहित कटेल र रत्न श्रेष्ठले निर्माण गरेका हुन् ।

पूर्वी नेपालका विभिन्न रमणीय स्थलमा खिचिएको फिल्म रोहित कटेल प्रस्तुतकता, रत्न श्रेष्ठ कार्यकारी निर्माता, रोजन श्रेष्ठ निर्मा ता, ग्याल्जेन लामा र बालकृष्ण पाखिन सहनिर्माता रहेका छन्

भने श्याम राई, विशाल पहाडी, सुभाष गजुरेल, हिउँवाला गौतम, रु षा न्यौपाने, नवीन शेरचन, उमा बानियाँ र प्रकाश भुजेलले अभिनय गरेका छन् ।

फिल्ममा मरें केर, आकाश बराल र सजन काफ्लेको कथा, आकाश र सजनको पटकथा र सम्वाद प्रवेश मल्लिकको संगीत, डीपी खना लको गीत,

शैलेन्द्र प्रधानको पाश्र्व संगीत, रामजी लामिछानेको कोरियोग्राफी, मित्र गुरुङको सम्पादन र शिव ढकालको छायांकन रहेको छ ।