
काठमाडौं, १५ माघ । सर्वोच्च आदालतले नागरिकता पुन:प्राप्ति गरे को भन्दै सांसद् पद नै खारेजी गरिदिएका रबि लामिछाने नेपाली नाग रिकता पाएका छन्। उनले जिल्ला प्रशासन कार्यालय काठमाडौं पु गेर पुन: नागरिकता लिएका हुन्।
लामिछानेको शुक्रबार सर्वोच्चले पुन: नेपाली नागरिकता नलिएको भन्दै उनको गृहमन्त्रील गायत सांसद् पद नै खारेज गरेको थियो।
२३ वर्षपछि बस्तीमा धारा वितरण भक्तपुर १५ माघ (रासस) ः म ध्यपुरथिमि नगरपालिका भित्रको कमेरोटारमा ‘कमेरोटार जग्गा एकी क रण आयोजना’ सुरू भएको २३ वर्षपछि आयो जनाभित्रका बासि न्दालाई खानेपानीका धारा वितरण सुरु गरिएको छ ।
काठमाडौँ उपत्यका विकास प्राधिकरणले तत्कालीन समयमा दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य लिएर आर्थिक वर्ष २०५८÷५९ बाट सुरू गरेको काममा विभिन्न कारणले ढिलाइ हुँदा आयोजना ले पटक पटक म्याद थप गर्दै प्लट जग्गा बिक्री गर्दै आएको छ ।
कमेरोटार जग्गा एकीकरण आयोजना क्षेत्रभित्र रहेका करिब दुई हजार एक सय धारामा पानी वितरण सुरु गरिएको हो । नगरपालि काको
विशेष पहलमा आयोजना र काठमाडौँ उपत्यका खानेपानी लिमिटेड थिमि शाखाले संयुक्तरुपमा कमेरोटार क्षेत्रमा खानेपानी वितरण सु रु गरेको नगर प्रमुख एवं आयोजना व्यवस्थापन
उपसमितिका अध्यक्ष सुरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।खानेपानी को चरम अभाव रहेको एक हजार चार सय ८६ रोपनी क्षेत्रभित्र स ञ्चालित आयोजनाभित्र करिब दुई हजार दुई सय
कित्ताका घरका धारामा खानेपानीको लाइन जडानको काम सम्पन्न गरेर पानी वितरण सुरु गरिएको र पानीका लागि सबैलाई आवेदन दिन
आह्वान गरिएको आयोजना प्रमुख ई सत्यना रायण शाहले जानकारी दिनुभयो । उहाँले यस क्षेत्रमा अन्तिमसम्ममा करिब तीन हजार धारा वितरण गर्ने लक्ष्य राखेको बताउनुभयो ।
आयोजनाले यसअघि नै घर तथा घर निर्माण नभएका प्लटमा समेत खानेपानीका धाराको पाइपलाइन विस्तार गरिसकेको छ । आयोज नाभित्र पछि निर्माण हुने घरमा धाराको पाइप राख्नकै लागि सडक खन्न नपर्ने गरी खाली जग्गामा पाइप पु¥याइएको उहाँले जानकारी दिनुभयो ।
उहाँले नगरपालिकाले आयोजनाभित्र १४ लाख लिटर क्षमताको पा नी ट्याङ्की निर्माण सुरु गरेको बताउनुभयो । नगर प्रमुख श्रेष्ठले भ न्नुभ यो, “नगरपालिकाको आफ्नै करिब रु एक करोडको लागतमा आगामी वैशाखसम्ममा
निर्माण सम्पन्न गर्नेगरी पानी ट्याङ्की निर्माण सुरु गरेका छौँ, मध्यपु रथिमिभित्रका पानीको स्रोत परिचालन गरी पानी अभाव हुन नदिने व्यवस्था गर्न आयोजनाले ध्यान दिनेछ ।”
उहाँले ट्याङ्की निर्माण सम्पन्न गरी आयोज नाका बासिन्दाकै लागि डिप बोरिङ गरी पानीको स्रोत व्यवस्थापन गर्ने योजना अगाडि सारे को जानकारी दिनुभयो ।
उहाँले आयोजना क्षेत्रभित्रको सडक कालोपत्र, ढल व्यवस्थापन र खानेपानीको विस्तारका लागि ठेक्का लिएका निर्माण कम्पनीले यही महिना बाँकी काम नगरे ठेक्का रद्द गरी धरौटी जफत गर्ने जानकारी दिनुभयोे ।
खानेपानी वितरण सुरु भएकामा खुसी व्यक्त गर्दै आयोजनाभित्रका बासिन्दा पुरुषोत्तम कार्की ले खानेपानीको चरम अभाव भएको यस क्षेत्रमा सबैलाई समान रुपमा पानीको उपभोग गर्ने गरी वितरण गर्नु पर्ने बताउनुभयो । उहाँले यहाँभित्र का सबै विवाद सल्टाएर छिटो भन्दा छिटो आयोजना सम्पन्न गर्न माग गर्नुपर्ने बताउनुभयो ।