ए हो र माया’ गित सुपरहिट भएसँगै बिमल अधिकारीको (भिडिओ)

‘ए मेरी सकुन्तला’ बजारमाए हो र माया’ सुपरहिट भएसँगै भावना म्युजिक सोलुशनको प्रस्तुतिमा रहेको बिमल अधिकारीको पछिल्लो गीत ‘ए मेरी सकुन्तला’ डिजिटल बजारमा सार्वजनिक भएको छ ।

विमलले आसामी गीत ‘सकुन्तला’को नेपाली भर्सन सार्वजनिक गरे का हुन् । यस गीतमा चर्चित आसामी गायक नील आकाशले स्वर दिएका छन् ।

यस गीतले पनि टिकटकमा उत्तिकै राम्रो स्थान ओगट्न सफल भएको छ । ‘पाँच दिनमा ५ लाख भन्दा बढीले टिकटक बनाउनु भएको छ, २ लाख भन्दा बढी दर्शकले युट्युबमा हेरिसकेको छन् ।

मायालु जोडीबीचको प्रेम भावले सजिएको यस गीतमा विमल अधिकारी र अञ्जली अधिकारी को अभिनय रहेको छ ।

उक्त गीतमा बिमल अधिकारीको शब्द तथा उज्ज्वल आरोङको संगी त रहेको छ । म्यूजिक भिडियोलाई भावना म्युजिक सोलुसनको यु ट्युव च्यानलबाट गीत सार्वजनिक गरिएको छ ।