
सौरभ थापा अर्थात पोखराका ‘योङ्ग अन्टर प्रेन्यर’ । उनका बुवा हुन् अटोमोबाइल्स एशो सियसन अफ नेपाल (नाडा)का अध्यक्ष ध्रुव थापा । बुवाकै लगानिमा रहेको अटो व्यवसाय सौरभले हेरिरहेका छन् । सौरभ, मन्त्री थापाका भतिज हुन् ।
२५ वर्षीय सौरभले गत बिहीबार रामबजारस्थित पेन्सन क्याम्पअघि चेकिङमा बसेका प्रहरीको हात भाँचिदिए । मदिराले मात्तिएर गाडी हुइँ काएका सौरभलाई प्रहरीले रोकेपछि गाडीको ढोकाले हुत्याइदिएका थिए ।
सो क्रममा प्रहरी हवल्दार चित्रबहादुर वलीको हात भाँचिएको हो । प्रहरीले उनलाई बिहीबार पक्राउ गरेर अभद्र मुद्धामा अनुसन्धान गरिरहेको छ ।
जिल्ला प्रशासन कार्यालय कास्कीबाट ५ दिन म्याद थप गरि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी सुवास तिमिल्सनाले जानकारी दिए ।
‘प्रहरीको हात क्र्याक् भएको हो । बिहीबारको घटना हो । उहाँलाई ५ दिनको म्याद थप गरिएको छ’ उनले भने ।