
लोकदोहोरी गायक भीम पौडेलको निधन भएको छ । उनको स्या ङ्जाको पुतलीबजार नगरपा लिकास्थित आफ्नै घरमा निधन भएको राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका केन्द्रीय सचिव जिवन दाहालले जानकारी दिए ।केही समयदेखि विरामी गायक पौ डेल घरमै आराम गरिरहेका थिए ।
उनको शुक्रवार दिउँसो पोखरास्थित रामघाटमा अन्त्येष्टि गरिएको थियो । उनलाई श्रद्धाञ्जली दिन आफू लगायतका थुप्रै कलाकारहरु रामघाट मा जम्मा भएको दोहोरीगीत प्रतिष्ठानका सचिव दाहालले बताए ।
केही लोकदोहोरी गीतमा स्वर दिएका पौडेल विशेषगरी लाइभ दो होरीमा लोकप्रिय थिए । इन्द्रेणी कार्यक्रममा पुगेर उनले गाएका लाइभ दोहोरीले युट्युबमा लाखौं भ्युज पाएका छन् ।
उनले गतमहिना मात्रै आफ्नै युट्युब च्यानल मार्फत ‘रुमाल बैना’ बोलको गीत सार्वजनिक गरेका थिए ।गायक पौडेलको निधनमा थुप्रै कलाकारहरुले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली दिइरहेका छन् ।
कामप्रति चासो दिन छोडेका भीमले एक महि नाअघि कृष्ण कँडेल को इन्द्रेणी कार्यक्रममा गएर एउटा गीत रेकर्ड गराएका थिए। भीम का भिना जु राजन खत्रीले उनी २ महिनादेखि बिरामी परेको बताए का छन्।
राजन भन्छन् ‘२ महिनादेखि राम्रोसँग नखाने, एकोहोरो हुने जस्ता उन को त्यो शैलीले परिवार निकै चिन्तित थिए। त्यही लक्षणका कारण उनले आज परिवारलाई चिन्तामै छोडेर गए।’
२०४१ सालमा स्याङजाको पुतली बजारमा जन्मिएका भीमले २ वर्ष को उमेरमा बुवा गुमा एका थिए। उनकी आमा अहिले ७८ वर्षकी भ इन्। उनका ५ जना दाजु र ४ जना दिदी छन्।
उनी परिवारको कान्छो छोरा थिए। ‘उनले गीत गाउन आएका अफर आफूलाई सन्चो छैन भन्दै टार्ने गर्थे’ उनीसँगै थुप्रै दोहोरीमा स्वर मिसा एका गायक रबिन लामिछानेले सुनाए।
भीम र रबिन निक्कै मिल्ने साथी हुन्। आज भन्दा केही महिना अ गाडी भिम पौडेलको घरमा गएर इन्द्रेणी टिमले उनको जन्मदिने आमासंग गरिएको रमाइलो भिडियो कुराकानी ।