
रास्वपाका उपनेता श्रेष्ठले भने- ‘हतारमा निर्णय गरी फुर्सदमा पछुता उनुहुन्न’ – ‘सरकारबाट बाहिरिने हो भने पनि त्यसका आधारहरू तय गर्नुपर्यो । सरकारमा किन गएको हो र किन निस्किन लागेको हो ? पुष्टि गर्नुपर्छ । निस्किएपछि हामीसामू प्रश्न के तेर्सिन्छ भने- गएको किन ?’
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका उपनेता विराज भक्त श्रेष्ठले पार्टी सरकारबाट बाहिरिने हो भने त्यसको आधार दे खाउनुपर्ने बताएका छन् । हतारमा निर्णय नगरी पार्टी अगाडि बढ्नु पर्ने उनको धारणा छ ।
पार्टीले बिहीबार साँझ साढे ४ बजे केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ । बैठकले पार्टी सरकारबाट बाहिरिने सं केत पार्टीका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले गरेका छन् । स भापति रवि लामिछानेले पनि सत्ता गठबन्धनबाट बाहिरिने संकेत सा माजिक संजालमा सन्देश लेखेर गरेका छन् ।
यसैबीच संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले भने अहिले पार्टीले लिने हरेक निर्णय महत्वपूर्ण रहेका र त्यसले मुलुकको रा जनीतिमा प्रभाव पार्ने भएकाले छलफलबाट आधारसहित स्पष्ट राखेर जानुपर्ने बताए ।
‘व्यक्तिगत हिसाबमा कसलाई के लाग्छ भन्ने कुरा फरक भयो, छल फलबाट सबै साथीहरूले अपनत्व लिने गरेर निर्णय गर्नुपर्छ । यो सम य हामीले राजनीतिक परिपक्वता देखाउने अवसर हो । अलिकति प नि विचलित हुनु हुँदैन ।
राजनीतिमा संकट भने आइरहने चिज हो,’ उनले भने, ‘अहिले हामीले कस्तो नजीरमा काम गर्छौं भन्ने कुरा महत्वपूर्ण हुन्छ । त्यसैले हतार मा निर्णय गर्ने र फुर्सदमा पछुताउने गर्नुहुन्न । हामी कस्तो स्टेप चाले र जान्छौं भन्ने महत्वपूर्ण हुन्छ । हामी सादा कागज छौं, जे लेखे पनि पहिलोपटक लेखिरहेका हुन्छौं ।’
रास्वपाले चाल्ने हरेक कदमप्रति मुलुकका हरेक नागरिक र विदेशमा रहेका नेपालीले पनि नियालिरहेको श्रेष्ठको भनाइ छ । पार्टीलाई व्य वस्थित गरेर अगाडि बढ्नुपर्ने बेलामा महत्वपूर्ण निर्णय लिँदा सबै जि म्मेवार नेताहरूले छलफल गर्नुपर्ने उनको धारणा छ ।
‘हामी नयाँ पार्टी हौं र सबै कुरा लयमा ल्याउन सकेका छैनौं । सां सदले आफ्ना प्यारामिटर बल्ल ल्याउँदैछ । छलफल गर्नुपर्ने विषय राजनीतिक र रणनीतिक हिसाबले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन हो । यीप्राथमिकताहरूलाई पनि समानान्तर हिसाबले लानुपर्ने हुन्छ,’ उनले भने ।सरकारबाट बाहिरिने हो त्यसका आधारबारे छलफल गर्नु पर्ने श्रेष्ठको धारणा छ । हतारमा सरकारबाट बाहिरिने निर्णय लिए मा उठ्ने प्रश्नप्रति पनि ख्याल गर्नुपर्ने उनको भनाइ थियो । ‘सरकार बाट बाहिरिने हो भने पनि त्यसका आधारहरू तय गर्नुपर्यो ।
सरकारमा किन गएको हो र किन निस्किन लागेको हो ? पुष्टि गर्नु पर्छ । निस्किएपछि हामीसामू प्रश्न के तेर्सिन्छ भने- गएको किन ?,’ उनले भने । सरकारमा बस्नु र छोड्नु भन्दा पनि महत्वपूर्ण कुरा त्य सपछि पार्टीमाथि उठ्ने प्रश्न रहेको उनले बताए ।
पुष्पकमल दाहाल नेतृत्वको सरकारमा रवि लामिछानेलाई नै उपप्र धानमन्त्री तथा गृहमन्त्री बनाउन गएको हो र उनलाई नबनाएकोमा नै निस्किन लागेको हो कि भन्ने प्रश्न उठ्नसक्ने प्रश्नहरूतर्फ ध्यान पा र्टीका नेताहरूले दिनुपर्ने श्रेष्ठको भनाइ छ । ‘यस्तो भन्ने सन्देश गयो भने त ठिक हुँदैन । बाहिरिनुको पुष्ट्याइँ गर्नुपर्ने हुन्छ । राजनीतिक निर्णय गर्दा सबैको सहमति र अपनत्वमा गर्नुपर्छ,’ उनले भने ।
पार्टीका अन्य सांसदहरूले पनि यस विषयमा आफ्ना कुराहरू रा ख्नुपर्ने श्रेष्ठको आग्रह छ । ‘सांसद भएर देशको कुरा उठाउँछु भनेर आएका हौं । जनप्रतिनिधि हौं भने अरु सांसदहरूले पनि औपचारिक फोरममा आफ्ना कुरा राख्नुपर्छ । लोकतान्त्रिक पद्दतिबाट निर्णय प्र क्रिया अगाडि बढायो भने कसैले पनि अन्यथा मान्नु हुन्न । अरु सांस दहरूले पनि मनमा रहेका कुरा राख्नुपर्यो,’ उनले आग्रह गरेका छन् ।
सरकारका विषयमा छलफल गर्ने उच्चस्तरीय राजनीतिक संयन्त्रमा पार्टीका तर्फबाट सहभागी लामिछानेले गृहमन्त्रीको विषयमा कुरा रा ख्नुपर्ने बताए । राजनीतिक संयन्त्रमा कुरा राखेर विवाद समाधानमा जानुपर्ने उनको मत छ ।
‘उहाँले उच्चस्तरीय राजनीतिक संयन्त्रमा हाम्रो दलबाट नेतृत्व लिनुभएको छ । त्यहाँ कसरी कुरा राख्नुभएको छ ?,’ उनले भने । पार्टी र सरकार साझा न्यूनतम कार्यक्रम, चुनावमा मतदाता सामू गरेका बाचासँग बचनबद्ध भएर अगाडि बढ्नुपर्ने उनको धारणा छ ।
यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी ले गृह मन्त्रालय नभई हुन्न भनेर अप्ठेरो पारेको बताएका छन् ।बिही बार बिहीबार पार्टी कार्यालय कोटेश्वरमा केहीबेर बसेर स्थगित भए को स्थायी समिति बैठकमा प्रचण्डले रास्वपाको अडानले सत्ता गठ बन्धन अप्ठेरोमा परेको बताएका एक नेताले जानकारी दिए ।रास्व पाले गृहमन्त्री नभई हुन्न भनेर अप्ठ्यारो गरेको छ’ प्रचण्डको भनाइ उधृत गर्दै ती नेताले भने, ‘रविलाई गृहमन्त्री दिन सकिने अबस्था छैन । ओलीको पनि दवाव छँदै छ । भोलिसम्म हेरौं ।’
नागरिकता प्रकरणका कारण रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्रीबाट पदमुक्त भएका थिए । उनले नेपाली नागरिकता लिए पछि आफूलाई पुनः गृहमन्त्री बनाउनुपर्ने भन्दै दबाव दिइरहेका छन् ।
माओवादी केन्द्रका सचिव गणेश साहले राजनीतिक घटनाक्रमका कारण बैकठ एजेन्डामै प्रवेश नगरी भोलि तीन बजेसम्मलाई स्थगित भएको बताए । ‘यो राजनीतिक विकास के हुन्छ, त्यो हेरेर भोलि ती न बजेसम्मलाई बैठक स्थगित गरिएको छ,’ साहले भने ।
राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्री नदिए सरकार छोड्ने संकेत गरेको छ । यसबारे निर्णय लिन अहिले रास्वपाको केन्द्रीय समिति र संस दीय दलको बैठक जारी छ ।माओवादी केन्द्रका एक नेताले गठब न्धनमा तनाव पैदा भएको बताउँदै रास्वपाको निर्णय हेरेर मात्रै आ फूहरुको बैठक बस्ने बताए ।
यद्यपि प्रचण्डले सत्ता गठबन्धन कायमै रहने विश्वास व्यक्त गरेका छन् । पार्टी स्थायी कमिटी बैठकबाट बाहिरिँदै प्रचण्डले रास्वपाले सर्मथन फिर्ता नलिने बताएका