
काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)को अबुधाबी बाट केरलाको कालीकट विमानस्थल मा आउँदै गरेको एयर इन्डिया एक्सप्रेसको विमानको इन्जिनमा आगलागी भएपछि विमान अबुधाबी फर्केर सुरक्षित अवतरण गराए को छ ।
जानकारी अनुसार एयर इन्डिया एक्सप्रेसको उडान नम्बर आइएक्स ३४८ अबु धाबी एयर पोर्टबाट केरलाको काली कट एयरपोर्टका लागि उडेको थियो। उडानको इन्जिन–१ मा आगो लागेपछि विमान अबुधाबी विमानस्थलमा फर्कि एको छ ।पाइलटले उडान भर्नुअघि यो कमजोरी याद नगरेको बताइएको छ ।
यो विमानमा १८४ यात्रु रहेका थिए । सबैले सुरक्षित अवतरण गरेका छन् । एयर इन्डिया एक्सप्रेस विमानमा डीजीसीएद्वारा एक बयान जारी गरिएको छ। विज्ञप्तिमा भनिएको छ, “एयर इण्डिया एक्सप्रेस बी ७३७-८०० विमान
भिटी-एवाइसी अपरेटिङ फ्लाइट आइएक्स ३४८ (अबु धाबी-कालिकट) उडानको क्रममा १००० फिट उचाइमा पुग्दा इन्जिन-१ मा आगो लाग्यो, जसका कारण उडान फिर्ता भयो।”
यसअघि जनवरी ३० मा आइतबार राति शारजा हबाट आउँदै गरेको एयर इन्डिया एक्सप्रेसको फ्लाइटमा प्राविधिक त्रुटि भएको थियो । जस का कारण कोचीन अन्तर्राष्ट्रिय विमानस्थलमा अस्तव्यस्त भएको थियो ।
यसबारे कोचीन अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकाल घोषणा गरिएको थियो। विमानको सुरक्षित अवतरण र सबै यात्रुसहित चालक दलका सदस्यलाई सुरक्षित बाहिर निका लेपछि विमानस्थलको अवस्था सामान्य भएको बताइ एको छ ।
अर्कोतर्फ गत जनवरी १८ मा सिंगापुरबाट मुम्बई आउँदै गरेको विस्ताराको फ्लाइटमा प्राविधिक खराबी देखिएको थियो
विमानलाई सिंगापुरको चांगी विमानस्थलमा फिर्ता ल्याइ एको थियो। विमान बिहान ११ बजे उडेको बता इएको थियो तर प्राविधिक गडबडीका कारण पाइलटले विमान लाई सिंगापुर फर्काएको थियो ।