सडकमै तरकारी फालेर प्रदर्शनमा उत्रिएका चितवनका किसान (भिडिओ)

काठमाडौं – नारायणगढको पुल्चोक सवारी साधनको चापका कार ण सधैं व्यस्त रहन्छ। विभिन्न ठाउँबाट आउने सवारी साधन र किनमे लका लागि आउने मान्छेको भीड व्यवस्थापन गर्न सडकमा उभिएका ट्राफिक प्रहरीलाई भ्याइ नभ्याई हुन्छ। शुक्रबार मध्यान्ह यहाँको ट्रा फिक व्यवस्थापन गर्न प्रहरीलाई झनै हम्मे भइरहेको थियो।

यसै त व्यस्त सडक त्यसमाथि मुख्य चोक नै तरकारीले भरिएको देखिन्थ्यो। गोलभेंडाले राताम्य बनेको सडकमा गाडी गुडाउन चा लकले आँट गरिरहेका थिएनन्। प्रहरीहरू भने त्यसमा थि गाडी चा लाउन निर्देशन दिँदै सिठ्ठी फुकिर हेका थिए।

नारायणगढको पुल्चोक व्यापारको केन्द्रमात्रै होइन, चितवनको पुरा नो बजारको यो चोक जिल्लाको प्रायः राजनीतिक, सामाजिक आन्दो लनको घोषणा गर्ने थलो पनि हो। यहाँबाट चित वनले धेरै पटक केन्द्रलाई खबरदारी गरेको छ।

शुक्रबार चितवनका किसानहरूले पनि यहीँबाट ‘किसान आन्दोलन’ घोषणा गरेका थिए।
भारतीय तरकारीले बजार कब्जा गरेपछि जिल्लाका किसानहरू तर कारी बोकेर आन्दोलनमा उत्रिएका हुन्। गोलभेँडा, काउली, बन्दा, फर्सी लगायतका तरकारी बोकेका गाडीसहित नारायणगढ पुगेका किसानहरूले पूर्व-पश्चिम राजमार्ग नै बन्द गरेर प्रदर्शन गरेका थिए।

स्थानीय उत्पादन नै पर्याप्त भइरहेको समयमा भारतबाट आयात बढेको भन्दै आक्रोशित किसानहरूले तरकारी सडकमै फाले, त्य सैको अगाडि बसेर तीनै तहका सरकारलाई खबरदार गरे।

विरोधको नेतृत्व गरेका किसान लेखनाथ भुसालले भारतबाट आयात गरिएको तरकारीका कारण स्थानीय किसानले गरेको उत्पादन बिक्री हुन छाडेको बताए।

उनले देशमा उत्पादित तरकारीले बजार पाएन, आयात रोकिदिनुपर्यो भनेर सरकारी निकायमा सहयोग माग्दा बेवास्ता गरिएपछि किसान हरू सडकमै पुग्नुपरेको बताए।

‘हामीले कम्तीमा यहीँ पर्याप्त फलिरहेको तरकारी आयात गर्न रोक लगाउनुपर्‍यो भनेर सरकारका विभिन्न निकायलाई धेरै पटक आग्रह गर्‍यौं तर कसैले हाम्रो कुरा सुनेन,’ भुसालले भने, ‘कतैबाट सहयोग नपाएपछि किसान आन्दोलनको विकल्प देखिएन।’

भरतपुर-१६ स्थित रेसुङ्गा कृषि फार्मकी सञ्चालक धनु अधिकारी ले किसानले धेरै संघर्ष गरेर उत्पादन गरिरहे पनि त्यसले मूल्य नपा उने, तरकारी बजार भारतीय तरकारीले भरिने गरेको बताइन्। धेरै प्रयास गर्दा पनि सरकारले नसुनेपछि बाध्य भएर तरकारी फाल्नु परेको अधिकारीले बताइन्। केही दिनअघिसम्म तरकारीले लागत अनुसारको मूल्य पाइरहेको थियो। तर जब हाम्रो उत्पादन बढ्दै गयो, भारतबाट आयात पनि बढाउन थालियो। भारतबाट ठूलो परिमाणमा तरकारी आएपछि स्थानीय उत्पादनले लागत मूल्य पनि पाउन सके न,’ अधिकारीले भनिन्, ‘हाम्रो माग स्वदेशी किसानको उत्पादनका लागि बजारको ज्ञारेन्टी गर्नुपर्‍यो भन्ने हो।’

अर्का किसान सुसनजंग केसीले कृषि प्रधान देशमा किसानहरू नै सरकारबाट प्रताडित हुनुपरेको बताए। उनले देशमै केही गरौं भनेर कृषिमा लगानी गरेका युवाहरूलाई सरकारले निराश पारेको बताए।

‘देशको उत्पादनले पुग्ने अवस्थामा विदेशबाट आयात गरिने तरका रीमा भन्सार बढाएर नियन्त्रण गर्न सकिन्छ। तर बजारको अवस्था हेर्दा सरकार नै किसानलाई डुबाउन लागिपरेको हो कि जस्तो देखि न्छ,’ केसीले भने, ‘यो अवस्था रहिराख्ने हो भने त हामीले जति दुःख गरे पनि अर्थ हुँदैन।’

स्थानीय कृषि उत्पादनलाई प्रोत्साहन गर्न माग गर्दै जिल्लाका सयौं किसानहरू यहाँ भेला भएका थिए। उनीहरूले शुक्रबार छलफल गरेर थप आन्दोलनका कार्यक्रमहरू ल्याउने बताएका छन्।

पहिले पनि चितवनका किसानले राम्रो मूल्य नपाएपछि सरकारको ध्यानाकर्षण गराउन अण्डा र दूध सडकमा फालेका थिए।