
प्रेम सुनार,गुल्मी । गुल्मीका एक युवा र अर्घा खाँचीकि एक युवती बिच फिल्मी शैलीको भएको रोचक बिवाह भएको छ । अर्घाखाँची को छत्रदेव गाउँपालिका – ४ केरुङ्गाकी २१ वर्षीया राधिका सुनार र गुल्मीको धुर्कोट गाउँपालिका-५ वस्तुका २८ वर्षीय प्रकाश बिक बिच यहि माघ १२ गते भएको रोचक बिवाह सम्बन्धले यहाँका बा सिन्दा चकित परेका हुन ।
बिवाह गर्न भनी केही दिन अघि मात्र बिदेशबाट घर आएका प्रकाश लाइ केटि माग्न उनका आफ न्तजनहरु विभिन्न ठाउँमा केटि हेर्न पुगे । त्यही क्रममा तम्घास भुजेलखर्ककी चमेली बिकले अर्घाखाँची के रुङ्गाकी उनै राधिका सुनारलाई माग्न पुगिन । केटा केटिको मुख देखादेख गराइयो ।
एकले अर्कोलाई मन परापर भयो । एक आपा समा कुराकानी पनि भयो । त्यसपछि माघ १२ गते बिवाह गर्ने टुङ्गो लाग्यो । सोही अनु रुप माइ तिजनले हुनेवाला बेहुली राधिकालाई केरुङ्गाबाट तम्घास ल्याएर आए । उता वस्तुबाट बेहुली लिन बेहुलासहितका जन्ती आए र राती नै लगरे गए ।
अर्को दिन बिहानै वस्तुको कालिका मन्दिरमा सिन्दुर टीका गराइ बेहुलीलाई घर भित्राइयो ।बिहानदेखि राती अबेरसम्म भव्य भोज भतेर, बाजातालमा नाचगान सुरु भयो । बेहुला बेहुली पनि एकले अर्काको हात समाउदै नाचेर मायासा टा साट गरे ।
दोश्रो दिन माघ १३ गते हिडे दुलाहन फर्काउन ससुराली केरुङ्गा तर्फ । रात बेहुला जेठानसँग सुते । तर बेहुली आफ्नो प्रेमीसँग राती नै भा गी सकेकी थिइन । बेहुला प्रकाश भन्छ्न मैले त आफन्तसँग भेटघाट मा ब्यस्त होलिन भन्ने ठाने को थिए ।
अर्को दिन थाह भयो कि अघिल्लो दिन यता प्रकाश बिकको सिन्दुर पहिरिएकी राधिका अर्कि प्रकाशसँग टाप कसेको कुरा । अर्को प्र काश अर्थात छत्रदेव गाउँपालिका ३ मौवापोखरिका २२ बर्षिय प्रका श सुनार ।
उनी सँग दोश्रो बिवाह गरि भागेको कुरा चाल पाए पछि अघिल्लो दिनको बेहुला बेहाल हुँदै घर फर्किन बाध्य भए । प्रकाश सुनार सँग पाँच बर्ष अघि देखि प्रेम सम्बन्ध रहेको बल्ल थाहा पाए पहिलो गाँस मै दातमा ढुङ्गा लागे जस्तै भएका यी राधिकाको छ्लछाममा परेका बिवाहको दोश्रो दिनमै एकल बनेका यताका प्रकाश ।
सोधपुछका क्रममा आफुलाइ कसैसँग प्रेम सम्बन्ध छ भनेर राधिका ले नभनेको प्रकाश बिकले बताए ।बिवाहमा करिव ५ लाखसम्म ख र्च भएको उनको भनाइ छ । प्रकाश बिकले धोका खाए पछि जिल्ला प्रहरी कार्यालय गुल्मीमा उजुरी दिए ।
शुक्रबार दोश्रो पटककी बेहुली र उनको दोश्रो प्रकाश हन्समुख चेहरामा त्यस प्रहरी कार्याल यमा आइ पुगेका थिए भने यताको पहिलो प्रकाश निरास चेहरामा आइ पुगेका थिए।
हामीले क्यामरा तेर्छाउदै तपाई टेलिभिजनको पर्दामा देखिन चाहनु हुन्छ भनेर अनुमती माग्दा नव जोडि दुबैले मुस्कुराउदै हुन्छ भने ।राधिका का दोश्रो प्रकाशका बाबुलाई उनिहरु बिच प्रेम सम्बन्ध छ भन्ने थाह पाएरै पहिलो प्रकाश भन्दा आफू पहिला माग्न गएको र शुक्रबार आउनुस भनेर पठाएको तर माइतिले बिवाह भने अर्को सँग गराइ दिएको बताए ।
माया एउटासँग बिहे अर्को सँगको फन्दामा परेकी राधिका आफुले पहिलो प्रकाशसँग बिवाहा नहुनु अघि नै दोस्रो प्रकाशसँग लभ छ मेरो भन्दा भन्दै पनि जबर्जस्ति बिवाहा गराइ दिएको जिकिर गर्छिन ।जबकी राधिकाको बिवाहा हुँदैछ भन्ने कुरा प्रेमी प्रकाशलाई थाह भै सकेको थियो ।
किन पहिल्यै नभगाएर बिवाहपछि भगाइयो त भन्ने प्रश्नमा राधिका का उनै दोश्रो प्रकाश भन्छ्न बिवाहा रोक्न रआफुले चाहे पनि राधि काका दाजुको धम्किका कारण रोक्न सकिन । जिल्ला प्रहरी का र्यालयमा छ्लफलका लागि जुटेका दुबैतर्फका मानिसहरुले बेहुली राधिकालाई ख्यापख्यापी पारेका थिए ।
पहिलै किन नभनेर अर्कालाई धोका दिएको भन्दै केटि मागी दिने चमे ली बिकले झपार्दै थिइन ।छ्लफल चलिरहेको छ । वस्तुका प्रकाश ठूलो अन्यायमा परेका छ्न । बिवाह खर्चको पुरै रकम उनले मागेका छैन । धनमालसहित करिव डेढ लाख रुपैयाँ मागेका छ्न । साझ अबेरसम्म छ्लफल गर्दा पनि उनी आफ्नो छोराको गल्ती स्वीकार नगरी उल्टै राधिकाको माइतिजनलाई धम्की दिदै गाडी चढेर लागे घरतिर ।
छ्लफलमा सहभागी सबै जना भन्छ्न वस्तुका प्रकाश माथी निकै जाजझेल भएको छ। उनले न्याय पाउनु पर्छ। बाबू आमाले जबर्ज स्ति बिवाह गराई दिन लागेको थिए भने राधिकाले त्यतिका दिनसम्म के हेरेर बसेकी थिइन ? बेहुला र जन्ती त बेहुलिको घरमै बोलाउनु पर्ने किन उल्टै बेहुलीलाई लिएर तम्घास आइयो ?
यी यावत सवालसहित हिन्दी साजिस फिल्म जस्तो बस्तुका प्रकाश माथी भएको यो षड्यन्त्र चिर्न समाजका सबै पक्ष लाग्नु पर्छ र यस्ता घटनाबाट सबै सचेत पनि हुनु पर्छ । यस्तो खालको जालझेलमा माइतिजन पनि जिम्मेवार देखिन्छ्न । यस्तो कार्य आगामी दिनमा कोहि कसैले नगरुन ।