यीनै हुन् कतारमा ८२ करोडको यसरी चिठ्ठा जित्ने नेपाली युवा

कतारमा कार्यरत नेपाली युवा रञ्जित कुमार पालले अबुधाबीमा आयोजित बिग टिकट र्‍याफल ड्रको सिरिज २४८ मा २ करोड ३० लाख दिराम अर्थात झन्डै ८२ करोड नेपाली रुपैयाँ जितेका छन्।

विगत सात वर्षदेखि कतारको राजधानी दोहामा मनी एक्सचेन्ज कम्पनीमा कार्यरतपाँच र १० वर्षका दुई छो राका बुबा पाल बिग टिकटका प्रतिनिधिबाट यो अप्रत्या शित चिठ्ठा परेको खबर सुनेर निकै खुसी भएका छन्। ‘म अत्यन्तै खुसी भएको छु। मैले जितेको यो पैसा नेपाल फर्केर मेरो परिवारमा खर्च गर्नेछु’, उनले भने।

पालले विगत १५ महिनादेखि २० साथीहरूको समूहसँग मिलेर बिग टिकटहरू खरिद गर्दै आए का थिए।

आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिने उनको योजना छ।‘यो कार्यक्रममार्फत नगद, सुन र ड्रीम कार पुरस्कार जित्ने मेरो प्रयास जारी राख्नेछु’, उनले भने।

ड्रको क्रममा अन्य नगद र ड्रिम कार पुरस्कार भारतीय नागरिकले जितेका थिए। दोस्रो, तेस्रो र चौथो पुरस्कार विजेता विजेश विश्वनाथनले १ मिलियन दिराम।

यस्तै शिबु म्याथ्यू ले १ लाख दिराम र अजित रामचन्द्र कैमल ५० हजार दिराम रकम चिठ्ठामा जितेका थिए। यस्तै सुमन मुथैया नाडर रागाव नले नयाँ रेन्ज रोभर प्राप्त गरेका थिए।

मार्च ३ मा हुने अर्को ड्रमा, एक भाग्यशाली विजेताले १ करोड ५० लाख दिराम पाउँनेछन्। दोस्रो पुरस्कार १० लाख दिराम, तेस्रो पुरस्कार १ लाख दिराम र चौथो पुरस्कार ५० हजार दिराम छ।स्थानीय सञ्चारमाध्यम खलिज टाइम्सका अनुसार पाल दुई छोराका बुवा हुन्।

उनी चिठ्ठा जितेको खबर सुनेपछि उत्साही भएको उक्त अनलाइन पत्रिकाले जनाएको छ।“म निकै रोमाञ्चित छु। म नेपालमा रहेका मेरा परिवारलाई यो रकम पठाउन चाहन्छु”, उनले भने।

पछिल्लो १५ महिनादेखि उनी चिठ्ठा खरिद गर्दै आएका थिए। उनी फेरि पनि चिठ्ठा खरिद गर्ने योजनामा छन्। उनी कतारको राजधानी दोहामा सात वर्षदेखि बस्दै आएका छन्।

उनी मनी एक्सचेञ्ज कम्पनीमा काम गर्छन्। पालले जनवरी १६ मा खरिद गरेको चिठा नम्बर २३२९३६ मार्फत उक्त रकम जित्न सफल भएका हुन् ।