
काठमाडौं – बला’त्कार अभियुक्त सन्दीप लामिछानेलाई राष्ट्रिय टि ममा समावेश गरेपछि नेपाल क्रिकेट संघ (क्यान) विरूद्ध प्रदर्शन भ एको छ।
शनिबार दिउँसो माइतीघर मण्डलमा क्यानले अभियुक्तलाई राष्ट्रिय टिममा समावेश गरेको भन्दै विरोध प्रदर्शन गरेको हो। उच्च अदालत पाटनले शर्तसहित रिहा गरेपछि क्यानले अभियुक्त लामिछानेको नि लम्बन फुकुवा गरेको थियो।
यस्तै क्यानले उनलाई राष्ट्रिय टिममा समावेश गरी बन्द प्रशिक्षणमा समेत राखेको छ। त्यसरी राखेपछि सामाजिक सञ्जालमा क्यानको यो निर्णयको विरोध भइरहेको छ।
पीडितलाई लात बला’त्कार आरोपीलाई साथ, मेरो राष्ट्रिय टिममा बलात्कार अभियुक्त हुनस क्दैन!,
आर वी सेफ, उता फिक्सिङ गराउने यता बला त्कार आरोपीलाई क्याम्पमा राख्ने क्यान मुर्दा वाद लगायतका नाराहरूसहितको प्या म्प्लेट उनीहरूले बोकेका छन्।