
सरकारबाट बाहिरिने, तर समर्थन कायमै राख्ने पार्टीको निर्णयबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा लामिछानेले भने, ‘ उपनिर्वा चनबाट निर्वाचित नभई कुनै पदमा जान्नँ ।’ उनले सञ्चार माध्यमहरुले आफूलाई निरन्तर खेदेको भन्दै आक्रोश समेत पोखेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछा नेले नेपाली पासपोर्ट को आफूले दुरुपयोग नगरे को बताएका छन् । आज पार्टीको बैठक पछि आयोजित पत्रकार सम्मेलनमा सो प्रष्टीकरण दिएका हुन् । अ मेरिकाबाट नेपाल फर्किएपछि आफूले केही प्रक्रियागत त्रुटि गरेको रविले स्वीकार गरे ।
अमेरिकी पासपोर्ट फिर्ता नगर्दै आफूले नेपाली पासपोर्ट लिएको भए पनि त्यसको प्रयोग वा दुरुपयोग नगरेको उनको भनाइ छ ।लामिछा नेले भने, ‘मैले नेपाल फर्किँदा आफ्नो आमाको का खमा फर्किएको सन्तानले शर्तहरूमा ध्यान दिनु पर्छ जस्तो लागेन ।
मैले आफ्नो आवश्यकताका लागि पासपोर्ट, ड्राइभिङ लाइसेन्स, प्यान नम्बर सबै लिएको हुँ । तर, अमेरिकी पासपोर्ट तत्काल च्यातेर देश बाट फर्किन मिल्थेन । सोझो चिताएर त्यसरी लिएँ, तर प्रयोग ग रिनँ ।’रविले थपे, ‘कुनै पनि काम गर्दा अपराध गर्नुभयो भने असर र प्रभाव हुन्छ ।मैले कसको कहाँ के बिराएँ ?
भोलि कानून संशोधन गरेर पनि सजाय दिइयो स्, म तयार छु । नयाँ कानून बनाएर सजाय दिए पनि हुन्छ ।म आम मान्छेको रुपमा मुद्दा लड्छु । मैले पासपोर्टको प्रयोग वा दुरुपयोग गरेको छैन । को कहि ले गयो कहिले फर्कियो, त्यो त इमिग्रे सनको डेटामा भइहाल्छ । पत्रिकामा हेडलाइन बनाउनुपर्छ ? म लुकेर आएको हो र ?’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भारती य प्रधानमन्त्री नरेन्द्र मोदी लाई नेपालसँगको सम्बन्ध सुधार्न सिधा कुरा गर्न आग्रह गरेका छन् ।हिन्दीमा सम्बोधन गर्दै रविले एजेन्ट प्र योग गरेर नेपालसँगको सम्बन्ध सुधार नहुने बताएका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूले आफूलाई नै गृहमन्त्री बनाउनुपर्छ भनेर कतै नभनेको बनाएका छन् ।
उनले आफूले सहमति अनुसार आफ्नो पार्टीले पाउनुपर्ने मन्त्रालयको बारेमा प्रधानमन्त्रीसँग छलफल मात्र गरेको बताए । बरु मिडियाले आफूविरुद्ध गलत प्रचार गरेको उनको दाबी छ । उनले गिनिज बुक अफ वर्ल्ड रेकर्ड राख्दा अन्तर्राष्ट्रिय सञ्चारमाध्यले महत्त्व दिँदा नेपा ली सञ्चार माध्यमले पनि बेवास्ता गरेको पनि बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामि छानेले आफुले पत्रकार सम्मेलनका क्रममा दिएका अभिव्यक्तिपछि आफुलाई सुरक्षा खतरा बढ्ने भएपनि आफु नडराउने बताएका छन् । आइतबार पत्रकार सम्मे लन गर्दै आफुले प्रक्रि यागत त्रुटी स्वीकार गरेपनि आफुले अरुको क मजोरी समेत सार्वजनिक गरेपछि आफुलाई सुरक्षा थ्रेट बढ्नेमा आ फु त्यसमा जानकार रहेको बताएका छन् ।
मलाई थाहा छ मैले यो कुरा गर्दा मलाई सुरक्षा खतरा बढ्ला तर मलाई त्यसमा डर छैन र म पूर्व गृहमन्त्रीको हैसियतमा कुनै पनि सुरक्षा लिने छैन लामिछानेको भनाइ छ ।पत्रकार सम्मेलनमा बोल्दै लामिछानेले बोल्दै भने – म बाकसमा फर्किएको हैन केहि गर्छु भनेर मेरी आमाको काखमा फर्किएको हु ।
साथै राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरुले आइत बार नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाउने भएका छन् । आइतबार रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।
बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सभापति रवि लामिछानेले पार्टीबाट मन्त्री बनेकाहरुले आइतबार नै राजीनामा बुझाउने जानका री दिए ।
रास्वपाबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्की रहेका छन् ।