ऋषि धमलाको कडा जवाफ भिडिओ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पत्रकार सम्मेलनमा आफ्नो नाम भ्रष्टाचारमा जोडेको भन्दै बरिस्ठ पत्रकार ऋषि धमलाले कार्यक्रमबाटै रवि लामिछानेलाई जवाफ दिएका छन् ।

आफू माथि लगाइएको आरोप पुष्टि गर्न चुनौती दिँदै धमलाले भने का छन् आरोप पुष्टि भए म अहिले पत्रकारिता छाड्छु । त्यस्तै रा स्वपाका सभापति लामिछानेलाई राम्रो काम गरेर सफल नेता बन्न समेत धमलाले सुझाव दिएका छन् ।

भिडियो हेर्नुहोस् ।

यो पनि,,
भूकम्पमा परी टर्की र सिरियामा दुई सय जनाभन्दा बढीको मृत्यु

काठमाडौँ — टर्कीमा सोमबार बिहान गएको शक्तिशाली भूकम्पमा परी टर्की र सिरियामा दुई सय जनाभन्दा बढीको मृत्यु भएको छ । दक्षिण-पूर्वी टर्कीको गाजियान्टापमा बिहान ४ बजेर १७ मिनेटमा शक्तिशाली भूकम्प गएको थियो ।

टर्कीको विपद् व्यवस्थापन एजेन्सी एएफएडीका अनुसार भूकम्पमा परी अदना, बदियामान, मलात्य, खारामानमारास र गाजियान्टापमा ७६ जनाको मृत्यु भएको छ भने ४ सय ४० भन्दा बढी मानिस घाइते भेटिएका छन् ।

यस्तै, सिरियामा पनि भूकम्पले मानवीय क्षति पुर्‍याएको छ । त्यहाँ एक सय जनाभन्दा बढी मानिसको भूकम्पबाट मृत्यु भएको सिरिया का सरकारी सञ्चारमाध्यमले एएफपीलाई बताएका छन्।

भूकम्पमा भत्किएका भवनहरूबीच मानव उद्धारको काम भइरहेको टर्कीका सञ्चारमाध्य मले उल्लेख गरेका छन् । भूकम्पमा परी मृत्यु हुनेहरुको संख्या अझै बढ्न सक्ने उनीहरुको दाबी छ ।

सोमबार बिहान सिरियासँगको सीमा नजिकै शक्तिशाली भूकम्पमा गएको थियो । भूकम्पको धक्का राजधानी अंकारासहित टर्कीका विभिन्न सहरका साथै सिरिया, साइप्रस र लेबनानसम्म महसुस गरि एको थियो ।

शक्तिशाली भूकम्पपछि पराकम्पहरु आइनै रहेको त्यहाँका अधि कारीले बताएका छन् । भूकम्प आएसँगे त्यहाँका नागरिकहरु घर छाडेर सार्वजनिक ठाउँहरुमा शरण लिइरहेका छन् ।

भूकम्पकमा परेकाको उद्धार र राहतका लागि विभिन्न देशका प्रधानमन्त्री र राष्ट्रपतिले सामा जिक सञ्जालमार्फत सहयोग र राहतको प्रतिब द्धता जनाउनुका साथै समवेदना प्रकट गरेका छन् ।