
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामि छानेले उपनिर्वाचनबाट निर्वाचित नभई कुनै पदमा नजाने बताएका छन् ।सरकारबाट बाहिरिने, तर समर्थन कायमै राख्ने पार्टीको निर्णयबारे जानकारी दिन आयोजित पत्र कार सम्मेलनमा लामिछानेले भने, ‘ उपनिर्वाचनबाट निर्वाचित नभई कुनै पदमा जान्नँ ।’
उनले सञ्चारमाध्यमहरुले आफूलाई निरन्तर खेदेको भन्दै आक्रोश समेत पोखेका छन् ।राष्ट्रिय स्वतन्त्र पार्टीका सभा पति रवि लामिछानेले नेपाली पासपोर्टको आफूले दुरुपयो ग नगरेको बताएका छन् । आज पार्टीको बैठकपछि आयो जित पत्रकार सम्मेलनमा सो प्रष्टीकरण दिएका हुन् ।
अमेरिकाबाट नेपाल फर्किएपछि आफूले केही प्रक्रियागत त्रुटि गरेको रविले स्वीकार गरे । अमेरिकी पासपोर्ट फिर्ता नगर्दै आफूले नेपाली पासपोर्ट लिएको भए पनि त्यसको प्रयोग वा दुरुपयोग नगरेको उनको भनाइ छ ।लामिछानेले भने, ‘मैले नेपाल फर्किँदा आफ्नो आमाको काखमा फर्किएको सन्तानले शर्तहरूमा ध्यान दिनुपर्छ जस्तो लागेन ।
मैले आफ्नो आवश्यकताका लागि पासपोर्ट, ड्राइभिङ लाइसेन्स, प्यान नम्बर सबै लिएको हुँ । तर, अमेरिकी पासपोर्ट तत्काल च्यातेर देशबाट फर्किन मिल्थेन । सोझो चिताएर त्यसरी लिएँ, तर प्रयोग गरिनँ ।’रविले थपे, ‘कुनै पनि काम गर्दा अपराध गर्नुभयो भने असर र प्रभाव हुन्छ ।
मैले कसको कहाँ के बिराएँ ? भोलि कानून संशोधन गरेर पनि सजाय दिइयोस्, म तयार छु । नयाँ कानून बनाएर सजाय दिए पनि हुन्छ ।म आम मान्छेको रुपमा मुद्दा लड्छु । मैले पासपोर्टको प्रयोग वा दुरुपयोग गरेको छैन । को कहिले गयो कहिले फर्कियो, त्यो त इमिग्रेसनको डेटामा भइहाल्छ । पत्रिकामा हेडलाइन बनाउनुपर्छ ? म लुकेर आएको हो र ?’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लाई नेपालसँगको सम्बन्ध सुधार्न सिधा कुरा गर्न आग्रह गरेका छन् ।
हिन्दीमा सम्बोधन गर्दै रविले एजेन्ट प्रयोग गरेर नेपाल सँगको सम्बन्ध सुधार नहुने बताएका हुन् ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूले आफूलाई नै गृहमन्त्री बनाउनुपर्छ भनेर कतै नभनेको बनाएका छन् ।
उनले आफूले सहमति अनुसार आफ्नो पार्टीले पाउनुपर्ने मन्त्रालयको बारेमा प्रधानमन्त्रीसँग छलफल मात्र गरेको बताए । बरु मिडियाले आफूविरुद्ध गलत प्रचार गरेको उनको दाबी छ । उनले गिनिज बुक अफ वर्ल्ड रेकर्ड राख्दा अन्तर्राष्ट्रिय सञ्चारमाध्यले महत्त्व दिँदा नेपाली सञ्चार माध्यमले पनि बेवास्ता गरेको पनि बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछा नेले आफुले पत्रकार सम्मेलनका क्रममा दिएका अभिव्यक्तिपछि आफु लाई सुरक्षा खतरा बढ्ने भएपनि आफु नडराउने बताएका छन् । आइत बार पत्रकार सम्मेलन गर्दै आफुले प्रक्रियागत त्रुटी स्वीकार गरेपनि आफुले अरुको कमजोरी समेत सार्वज निक गरेपछि आफुलाई सुरक्षा थ्रेट बढ्नेमा आफु त्यसमा जानकार रहेको बताएका छन् ।
मलाई थाहा छ मैले यो कुरा गर्दा मलाई सुरक्षा खतरा बढ्ला तर मलाई त्यसमा डर छैन र म पूर्व गृहमन्त्रीको हैसियतमा कुनै पनि सुरक्षा लिने छैन लामिछानेको भनाइ छ ।पत्रकार सम्मेलनमा बोल्दै लामिछानेले बोल्दै भने – म बाकसमा फर्किएको हैन केहि गर्छु भनेर मेरी आमाको काखमा फर्किएको हु ।