
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रा लयले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरलाई निलम्बन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको छ ।थाइ स्माइल एयरला इन्ससँग घूस मागेको अडियो प्राप्त भएपछि पर्यटन मन्त्रा लयले ठाकुरलाई निलम्बन गरेको हो।
गैरकानुनी रुपमा एक वायु सेवा कम्पनीसँग लाभ लिने उद्देश्यले गरेको कुराकानीको श्रव्य सामग्री पाइएपछि मन्त्रालयले प्राधिकरणलाई पत्राचार गर्दै उक्त निर्देशन दिएको हो । हाल बन्द रहेको थाइ एयरवेजले पाएको ग्राउन्ड ह्यान्डलिङलाई निरन्तरता दिन ठाकुरले एयरवेज का एक अधिकारीसँग ‘अन्डरटेबल’ रकम मागेका हुन् ।
अडिओमा ठाकुरले एयरवेजका अधिकारीसँग गरेको कुराकानी सुनिएको छ । उक्त कुराकानीका दौरान एयरवेजका अधिकारीले रकमको विषयमा आफूले माथिल्लो निकायमा कुरा गरेको, तर इन्भोइस (रसिद) विना दिन नमिल्ने जवाफ आएको बताउँछन् ।
त्यसपछि ठाकुरले यसको सबै जिम्मा आफूले एक व्यवसा यीलाई दिएको उल्लेख गर्छन् । महाप्रबन्धक ठाकुरले घुस को रकम पनि उसैले बताउने उल्लेख गरेका छन् ।‘उसले नै सबै मिलाउँछ, इन्भाइसका लागि पनि उसलाई नै भन्नु स्,’ उनले भनेका छन् ।ठाकुरले
थाइ एयरवेजको वेलफेयर फन्ड (कल्याणकारी कोष) बाट सो रकम उपलब्ध गराउन सकिने भन्दै यसका लागि बोस सँग कुरा गर्नसमेत सुझाव पनि दिन्छन् । तर, एयरवेजका अधिकारीले इन्भोइसबिना रकम निकासा गर्न गाह्रो हुने गुनासो गर्छन् ।यसैबीच ठाकुरलाई नागरिक उड्डयन तथा पर्यटनमन्त्री सुदन किराँतीले निलम्बन गरिसकेको छन् ।
मन्त्रीसमक्ष पनि सो अडिओ पुगिसकेको छ ।संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव एवम् प्रवक्ता राजेन्द्रकुमार केसीका अनुसार ठाकुरले थाई स्माइ ल एयरलाइन्सका प्रतिनिधिसँग गैरकानुनी लाभ लिने उद्देश्य ले गरेको कुराकानीको श्रव्य सामग्री प्राप्त भएकाले
जाँचबुझ गर्ने सिलसिलामा महाप्रबन्धक ठाकुरलाई निलम्बनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकलाई पत्राचार गरिएको हो ।संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको मन्त्रिस्तरीय निर्णयका आधारमा महाप्रबन्धकलाई निलम्बनका लागि प्राधिकरणका महानिर्देशकलाई पत्राचार गरिएको हो ।
यता संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले मन्त्रीलाई बुझाउनुपर्ने भन्दै विदेशी वायुसेवा कम्पनीसँग घुस मागेपछि त्रिभुवन विमानस्थलका महाप्र बन्धक प्रेमनाथ ठाकुरलाई कारबाही गरेको बताएका छन् । शुक्रबार काठमाडौंमा नेपाल पर्यटन बोर्डले आयोजना गरेको स्वागत कार्यक्रममा मन्त्री किरातीले थाई स्माइल एयरलाइन्ससँग
मन्त्रीलाई बुझाउनुपर्ने भन्दै करोडौँ घुस मागेपछि ठाकुर लाई कारबाही गरेको बताए । उनले आफूले कसैको पनि एकपैसा नखाने र अब यस्ता अन्य घुस प्रकरणहरु खुल्दै जाने र कारबाही गर्ने चेतावनी दिए । घुस मागेको अडियो प्राप्त भएपछि घटनाको जाँचबुझका लागि मन्त्रीस्तरीय निर्णयबाट ठाकुरलाई निलम्बन गरिएको हो ।
मन्त्री किरातीले मन्त्रीले कहिले पैसा माग्यो भन्ने खुल्न पर्ने र पैसा मागेको पाइए मन्त्रीलाई पनि कारबाही हुनुपर्ने जिकिर गरे । उनले २० लाख पर्यटक ल्याउने कार्ययोजना ल्याउन पर्यटन बोर्डलाई निर्देशनसमेत दिए । पर्यटन प्रवद्र्ध नका लागि चलाइएको अभियानअन्तर्गत कति पर्यटक भित्रियो भन्ने यकिन तथ्याङ्क बोर्डले दिनुपर्ने उनको भनाइ छ ।
उनले कर्मचारीलाई हेरफेर गरेर आतंक नमच्चाउने तर कर्मचारहरुको साथ र काम चाहिने स्पष्ट पारे ।मन्त्री किरातीले पर्यटन क्षेत्रको समस्यालाई सम्बोधन गर्नका लागि मन्त्रालयले एकीकृत कार्ययोजना बनाएको बताए ।सो विषयमा थप अनुसन्धान गर्न मन्त्रालयलेअख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत अनुरोध गरिएको प्रवक्ता केसीले जानकारी दिए ।केही दिनपहिले मात्रै अख्तियारले विमानस्थलको आन्तरिकतर्फका प्रमुख पूर्ण चुडाललाई घुस बापतको रकमसहित पक्राउ गरेको थियो ।