एकैदिन आठ जना आफन्त गुमाएकी ६ वर्षिया ‘श्रेया’, उनि बुबा आमा कहिले आउनु हुन्छ भनेर सोधिरहेकी छिन

बनेपा स्थित अर्किड स्कुलको नर्सरी कक्षामा अध्ययनरत ६ वर्षिया श्रेया तामाङले मंगलबार काभे्रेको बेथान्चोक गाउँपालिका वडा न म्वर ४ चलालगणेस्थानमा भएको बस दु’ र्घटनामा बाबु बुद्ध र आमा कोपिलालाई गुमाउनु पुग्नु भयो ।

बसमा सँगै यात्रा गरेकी श्रेयाको शरिरभरी सिसा र र’ गत थियो । उनलाई चोटपटक छैन ।
शिर मेमोरियल अस्पतालको बालशाखामा उनको उपचार भईरहेको छ । उनलाई स्थानीय डिकमान लामाले सकुशल बसबाट उद्धार गर्नु भएको थियो ।

‘बसबाट निकाल्ने वित्तिक्कै श्रेयाले बाबुआ माका बारेमा सोध्नु भयो’–स्थानीय डिकमान लामाले भन्नुभयो– ‘शरिरभरी सिसाका टुक्रा र अरु घाईतेको र’ गतको छिटा उहाँको शरिरमा थियो ।’

१७ जनाको वि’ भत्स ह’ त्यामा श्रेया एक्लो बालिका हुन् जसलाई बाबु आमा गुमेको सूचना छैन ।उनको परिवारका ८ जनाको नि’ धन भएको छ । बनेपा ११ का ८ जना र १४ का २ जना गरी १० जनाको नि’ धन हुँदा सिंगो गाउँ शोकमा डु’ बेको छ ।

दु’ र्घटनामा तेमालका २, बेथान्चोकका २, मण्डनदेउपुर १, ललितपुर १, मकवानपुर जिल्लाका १ एक जनाको नि’ धन भएको छ ।

‘बुबा आमा दुबै गुमेको खवरले हामी पनि विक्षिप्त छौं, कोठामा सँगै बसेको नाताले छोरी श्रेयाको रेखदेखका लागि अस्पताल बसिरहेको छु’– सिता तामाङले भन्नुभयो–‘बच्चाले बुबा आमा कहिले आउनु हुन्छ भनेर सोधिरहेकी छिन् ।’ अस्पतालमा विद्यालयकी शिक्षिका शुशिला श्रेष्ठ पनि हुनुहुन्छ । उहाँका अनुसार विद्यालयमा ज्ञानी र जिज्ञासु स्वभावकी छात्रा मध्ये श्रेया एक हुन् ।

उनको पढाई तिक्ष्ण छ । २६ बर्षिया कोपिला थांका लेख्नुहुन्थ्यो भने श्रीमान बुद्ध फर्निचरको काम गर्दै आउनु भएको थियो । कोपिला र बुद्धको एक मात्र सन्तान श्रेया अभिभावक विहिन बन्न पुग्नु भएको छ ।अस्पतालमा उपचारार्थ २३ बर्षिय शेरबहादुर तामाङले बुबा आमा गुमाउनु भएको छ ।

उहाँको ढाडमा गम्भिर चो’ ट लागेको छ । हेमा तामाङ र आकुर तामाङ दुबैले उक्त घटनामा ज्यान गुमाउनु भएको छ ।तेमाल घर भएकी २९ बर्षिया टिकालक्ष्मी तामाङ र उनका छोरा ९ बर्षिय गुरु लक्ष्मणदास तामाङको पनि नि’ धन भएको छ ।आफन्तको छेवारमा गएकाले मृ’ त्यु हुनेहरु अधिकांश आफन्त छन् । केहि छिमेकी हुन् ।