युवराज सफलको घिन लादो हर्कत , राष्ट्रिय स्वतन्त्र पार्टीको दल दर्ता खारेजको माग गर्दै निवेदन दर्ता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको दल दर्ता खारेज गर्न माग गर्दै आइतबार निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता हुँदाकै बखत कानुनी रूपमा अवैधानिक तथा अयोग्य रहेको दाबी गर्दै युवराज सफलले निवेदन दर्ता गराएका हुन् ।

‘राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा (५) को उपदफा (च) को व्यवस्था हेर्दा पार्टी दर्ता कायम हुन न्यूनतम २१ जनाको केन्द्रीय समिति चाहिन्छ तर निवेदनको बुँदा नं. (२)को निर्णयबाट पार्टी सभा पति रवि लामिछाने

तत्कालीन समयमा दल दर्ता गर्न अयोग्य रहेको भन्ने पुष्टि भएसँगै २१ जनाको केन्द्रीय समिति २० जनामा सीमित भएको छ ।

यो अवस्था पार्टी दर्ता हुन अयोग्य भएको अवस्था हो,’ निवेदनमा दाबी गरिएको छ । पार्टीले दर्ता हुनको लागि पुरा गर्नुपर्ने न्यूनतम मापदण्ड नै पुरा नगरी दर्ता गरेकोले तत्काल सो

पार्टीको दर्ता खारेज गरी सो पार्टीका तर्फबाट सञ्चालन भएका हालसम्मका राजनीतिक गतिविधि तथा कामकारबाहीलाई अवै धानिक घोषणा गर्न माग गरिएको छ ।

यो पनि – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन-२ मा उपनिर्वाचनको मितिबारे प्रधानमन्त्री पुष्पकमल दाहालसँग चासो राखेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको सत्ता रुढ राजनीतिक दलका नेताहरूको आइतबार को बैठकमा लामिछानेले चितवन-२ को उपनि र्वाचन चाँडो हुनुपर्ने माग गरेका हुन् ।

जवाफमा प्रधानमन्त्री दाहालले निर्वाचन आयोगसँग छलफल गरि सकेको र चाँडै निर्णय हुने भनेर आश्वस्त पारेका थिए ।’चितवन- २ मा समयमै उपनिर्वाचन होस् भनेर मैले भनेको छु ।

समयमै उपनिर्वाचन गरियोस् ताकि हामीलाई सजिलो होस्, उपनिर्वाचनमा जानुपर्ने मलाई आइलाग्या छ भनेको छु,’

बैठकपछि लामिछानेले भने, ‘निर्वाचन छिटो भन्दा छिटो हुनुपर्‍यो भन्ने कुरा मैले राखेपछि प्रधानमन्त्रीले निर्वाचन आयोगसँग कुरा गरेको छु चाँडै नै मिति तोकिन्छ ढुक्क हुनुस् भनेर मलाई आश्वस्त पार्नुभएको छ ।’चितवन २ बाट मंसिर ४ को निर्वाचनमा रास्वपाका लामिछाने निर्वाचित भएका थिए ।

उनको सांसद बन्ने योग्यतालाई लिएर सर्वोच्च अदालतमा मुद्दा परे को थियो । अमेरिकी नागरिक बनेपछि निष्क्रिय भएको तर त्यो नागरिकता पुनः प्राप्तिको प्रक्रियामा नगएको भन्दै सर्वोच्चले उनको पद खारेज गरिदिएको थियो । लामिछानेको पद खारेज गरिदिएपछि चितवन २ मा उपनिर्वाचन गर्नुपर्ने अवस्था छ ।

पद खारेजीपछि लामिछानेले प्रक्रिया पुरा गरेर नेपाली नागरिकता प्राप्त गरिसकेका छन् । नागरिकता पाएपछि उनले उपचुनाव नहुँदै गैरसांसदको रुपमा सरकारमा सहभागी हुन खोजेका थिए । उनको प्रयासमा प्रधानमन्त्रीले सहयोग नगरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छोडेको थियो ।