प्रहरीबाट कु’ टिएका चिकित्सकसँग राष्ट्रपति भण्डारीले माफी माग्नुपर्छ : सांसद ज्ञानेन्द्र शाही

काठमाडौं । राष्ट्रपति भण्डारीले प्रहरीबाट कु’ टिएका चिकित्सकसँग माफी माग्नु पर्ने सांसद ज्ञानेन्द्र शाहीले माग गरेका छन् ।राप्रपाका संसदीय दलका प्रमुख सचेतकसमेत रहेका शाहीले विज्ञप्ति जारी गरी राष्ट्रपतिको सवारीका क्रममा चिकित्सकमाथि कु’ टपिट भएकोले माफी माग्नु पर्ने बताएका हुन् ।

‘राष्ट्रपतिलाई सम्मान दिनुपर्छ तर जनतालाई सास्ती दिएर चिकित्सकमाथि घटेको घटनाको घोर निन्दा र भत्र्सना गर्दछु,’ उनले भनेका छन्, ‘साथै सम्माननीय राष्ट्रपतले यो विषयमा चिकित्सकसँग माफी मागर्न हार्दिक अनुरोध गर्दछु ।’राष्ट्रपति भण्डारी शुक्रबार संघीय संसदलाई सम्बोधन गरेर फर्किंदा सडक खाली गर्ने क्रममा प्रहरीले ट्रमा सेन्टरमा कार्यरत चिकित्सकलाई कु’ टपिट गरेको थियो ।

चिकित्सक सर्जरी सकेर फर्किंदै थिए । राष्ट्रपतिको सवारीका क्रममा प्रहरीबाट चिकित्सकमाथि नै कु’ टपिट भएपछि चर्को विरोध भएको छ ।राष्ट्रपति भण्डारी शुक्रबार संघीय संसदलाई सम्बोधन गरेर शीतल निवास फर्किने क्रममा थिइन् । राष्ट्रपतिको सवारीका क्रममा प्रहरीले सडक खाली लगाएको थियो ।

राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनि थलाल सिंह सर्जरी सकेर घर जाने तयारीमा थिए ।साइ कलमा आउजाउ गर्ने उनी अस्पतालबाट बाहिर निस्किए   र वीर अस्पताल अगाडि रहेको आकासे पुल मुनि पुगे । प्रहरीले उनलाई ट्रमा सेन्टरकै पार्किङतिर फर्किन भने ।

नमानेपछि उनीमाथि लाठी बर्साएको छ । टाउकोमा चो’ ट लागेका उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।घटना को विरोधमा चिकित्सकहरु आ’ न्दोलित भएका छन् । घटनामा संलग्न प्रहरीलाई कारबाही गर्नुपर्ने उनीहरुको माग छ ।कसरी भएको थियो त घटना, डा सिंहको शब्दमा

आज अप्रेसन थियो । त्यो सकाएर करिब साढे ४– पौने ५ बजेतिर साइकल चढेर बाहिर नि स्किएँ । बाटो बन्द थियो । सवारी हुन लागेको जस्तो देखियो । फुटपाथबाट साइ कल डोहो ¥याउँदै लगें, चढेको पनि थिइन् । वीर अस्पता लअघिको आकाशे पुलसँगैबाट साइकलभित्र छिराउन नमिल्ने भएपछि म फुटपाथमै अडिएर बसें ।

एक जना प्रहरी जवान आएर अघि जानुस् भन्नुभयो । मैले साँघुरो ठाउँबाट साइकल छिर्र्दैन, यहीँ बस्छु, म यही अस्पतालको स्टाफ हुँ भनें । हैन अघि लैजानै पर्छ भनें । मैले साँघुरो छ भनेर मानिनँ ।त्यसो भए पार्किङमा लैजा नुस् भने । मैले पार्किङ त दुई तला मुनि छ, (घर) जान लागेको मान्छे कहाँ पार्किङमा जानु भनें ।

मैले आईडी (परिचयपत्र) देखाएँ । लैजानुस् भनिरहे ।मैले तल त लैजान्नँ भनेपछि पुलिस एक्कसी झर्किए र एकदमै आवेगमा आए, फिल्मी स्टाइलमा कठालो समातियो र हान्न थाल्यो ।देब्रे पट्टी, दाहिने पट्टी हानेपछि मैले समात्न खोजें । उम्किएर झन् टाउकोमै हान्यो ।

टाउकोमा नै हानेपछि म’ रुला झैं लाग्यो । प्रतिकार गरें । मैले पनि एक किक हानें । टाउकोमा नै हानेपछि मैले प्रतिकार गर्नुको विकल्प नै थिएन ।उसले पुलिसलाई हात हाल्ने भन्दै मान्छे बोलायो । भ्यानमा लैजाने कुरा गर्न थाले । प्रत्यिक्षदर्शीहरुले पुलिसको गल्ती हो, हामीले देखेका छौं, हामी बोल्छौं भनेपछि प्रहरी पनि आत्तियो ।

त्यही ठाउँमा एक जना डाक्टर साथी आउनुभयो । त्यस पछि प्रहरी जवान भाग्यो ।राष्ट्रपतिको सवारी भनेर टाउ कोमा नै हान्नुपर्ने केही थिएन । मलाई टाउकोमै प्र’ हार गरेपछि सिध्याउने नै हो कि जस्तो ड’ र भयो ।आँखामाथि कन्चटको भाग पुरै सुन्निएको छ । टाउको दुख्ने र वान्ता हुने भयो ।

साथीहरुले अब्जरबेसनमा आईसीयूमा बस् भन्नुभएको छ । टाउकोमा चोट लागेको छ भने यसरी बस्नुपर्ने प्रकोटो कल नै हो ।मैले व्यक्तिगत रुपमा धेरै दोषरोपाण त गर्न मिल्दैन । उसले जानेर गर्‍यो कि नजानेर ग¥यो, थाहा भएन । प्रहरी जवानहरुलाई खटाउने संयन्त्रले कसरी बोल्ने ? कस्तो व्यवहार गर्ने ?

केही परे पनि कहाँ हान्ने/कहाँ हान्न हुन्न भन्ने कुरा त सिकाउनुपर्‍यो नि ! अनुशासन र बोली व्यवहार सिकाउने हो भने त यस्तो हुँदैन थियो ।त्यति सानो कुरामा टाउकोमै हान्दियो । म त अच्चम्मित नै छु । म माथि दु’ ब्र्यवहार भयो भनेर विरोध गर्नेहरुमाथि पनि कु’ टपिट गर्ने र ब’ न्दुक नै तेर्साउने काम भए’छ ।