
४ फागुन, नुवाकोट । नुवाकोटमा भएको बस दुर्घटनामा २ जनाको मृत्यु भएको छ त्रिशुली बाट खड्गभन्ज्याङ जान लागेको बा २ ख ८४५ नम्बरको बस बिदुर नगरपालिका १२ चैनपुरमा पल्टिएर दुर्घटना भएको हो ।
दुर्घटनामा ३५ जना घाइते भएका प्रहरीले जनाएको छ । घाइतेहरुको त्रिशुली अस्पतालमा उपचार भइरहेको छ ।
यो पनि,,कांग्रेस नेताको घरमा ग्यास विस्फोट , आमा छोरा गम्भीर घाइतेकाठमाडौं / नेपाली कांग्रेसका प्रतिनिधि सभा सांसद चन्द्र भण्डारी को घरमा खाना पकाउने एलपी ग्यास वि स्फोट भएको छ । भण्डारीको निवास बुद्धनगरमा गए राति ग्यास सिलिण्डर वि स्फोट भएको हो ।
विस्फोटका कारण सांसद भण्डारीसहित उनकी ८६ वर्षकी आमा गम्भीर घा इतेका भएका छन् । कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ग्यास सिलिण्डर बिस्फोटबाट घाइते नेता भण्डारी र उनकी आमाको उपचार जारी रहेको जानकारी दिए ।
उनीहरूको कीर्तिपुर अस्पतालमा आईसीयूमा उपचार भइरहेको छ । चन्द्र भण्डारीको शरीर २५ प्रतिशत भाग ज लेको र आमाको ७० प्रतिशतभन्दा धेरै ज लेको बताइएको छ ।
अन्य समाचार / पोखरा। गण्डकी प्रदेशले आज सार्वज निक बिदा दिएको छ। गण्डकी प्रदेश सरकार स्थापनाको दिवसमा प्रदेश भरका सार्वजनिक निकायमा लागु हुने गरी सार्वजनिक बिदा दिएको हो।
गत १८ चैतमा बसेकाे मन्त्रिपरिषद् बैठकले प्रदेश स्थापना भएको दिन बिदा दिने निर्णय गरे अनुसार आज सार्वज निक बिदा भएको हो।
संघीय सरकारले दिएकाबाहेक प्रदेश सरकारले वर्षमा ६ दिनसम्म बिदा दिन मिल्ने संवैधानिक व्यवस्था छ।