सांसद चन्द्र भण्डारीकी आमा हरिकलाको उपचारको क्रममा निधन

काठमाडौं । ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएकी नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ ।कीर्तिपुर अस्पतालमा उपचारको

क्रममा आमा हरिकलाको बिहान १० बजेर ५७ मिनेट जाँदा निधन भएको पारिवारिक स्रोतले बतायो । हरिकला ८९ वर्षकी थिइन् ।आमासँगै घाइते भएका नेता भण्डारीको भने उपचार भइरहेको छ ।

कीर्तिपुर क्लिफ्ड एण्ड बर्न सेन्टरमा उपचार गराइरहेका भण्डारीको अवस्था जटिल बन्दै गएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । उनलाई थप उपचारका लागि

भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा लैजाने तयारी गरिएको छ ।गएराति बुद्धनगर स्थित घरमा ग्यास लिक भएर आगलागी हुँदा आ मा घाइते भएको र बचाउन जाँदा सांसद

भण्डारी पनि घाइते भएको बताइएको छ ।भण्डारीको अनुहार, दुवै हात र दुवै खुट्टा गरी करिब ३० प्रतिशत भाग जलेको बताइएको छ ।