प्रेमी रोहितसँग गायिका त्रिशलाले कसिन् लगनगाँठो

काठमाडौं । गायिका डा. त्रिशला गुरुङले अन्तत उनै प्रेमी भनिएका संगीतकार रोहित शाक्यसँग विबाह गरेकी छिन् । कुनै समय शाक्य लाई उनका प्रेमी भनेर समाचारमा छाउँदा आपत्ति जनाएकी त्रिशला ले अन्तत बिहिबार उनैसँग लगनगाँठो कसेकी हुन् ।

संगीतकार रोहित उनै हुन्, जसलाई त्रिशलाको प्रेमी भनेर सञ्चारमा ध्यमले सार्वजनिक गर्दा घरपरिवारबाट त्रिशलाले धेरै गाली समेत खाएकी थिइन् ।धेरै गाली खाएका कारण प्रेमीलाई मिडिायबाट टाढै राखेकी उनले

राजधानीमा आयोजित एक पत्रकार सम्मेलन नै गरेर समाचारप्रति आपत्ति जनाउँदै देखाएको प्रतिक्रिया घरपरिवारबाट बच्नका लागि भन्ने अहिले आएर खुलेको छ ।

सो सम्मेलनमा उनले आफ्नोबारे आएका सबै समाचारहरु झूटो भए को र यस्ता अनावश्यक समाचारहरुले घरपरिवारमा पनि समस्या निम्त्याएको बताउँदै परिवारलाई खुशी पार्न खोजेकी थिइन् ।