करिश्मा मानन्धरको चरित्र हत्या गरेको आरोपमा डिल्लीराम खनाल पक्राउ

काठमाडौं । नायिका करिश्मा मानन्धरलाई सामाजिक सञ्जालमा अपशब्द प्रयोग गरेको अभियोगमा डिल्लीराम खनाल पक्राउ परेका छन् ।

विभिन्न युट्यूव अन्तर्वार्ता दिदै आफ्नो चरित्र हत्या भएको भन्दै अभिनेत्री मानन्धरले उनीवि रुद्ध साइबर व्यूरोमा उजुरी गरेपछि व्यूरोले उनलाई पक्राउ गरेको हो ।

खनाललाई अदालतबाट म्याद लिई थप अनु सन्धान गर्ने भएको छ । खनालले करिश्मा मानन्धर अमेरिकामा बस्दा विभिन्न व्यक्तिहरु सँग जोडेर चरित्र हत्या गरेको भन्दै उजुरी परे को थियो ।

यो पनि,,यसरी पत्ता लगाउनुहोस ग्यासको सिलिण्डरको एक्सपाइर हुने मिती – बजारका अन्य सामान झैँ एलपिजी ग्याँसको सिलिण्डरको पनि एक्पाइरी डेट तोकिएको हुन्छ। सिलिण्डरको माथिको गोलो ह्याण्डललाई सिलिण्डरसंग जोड्ने, ३ वटा सीधा चेप्टो डण्डी मध्ये कुनै एक मा सिलिण्डरको एक्पाइरी डेट पेन्ट गरिएको हुन्छ। त्यो डण्डीमा अङ्ग्रेजी अक्षर A देखि D सम्मका कुनै अक्षरसँग २ वटा अङ्क लेखिएको हुन्छ।

त्यसैबाट अन्तिम मिती थाहा पाउन सकिन्छ। ती अक्षरले एक्सपाइर हुने महिनालाई सङ्केत गर्दछ (जनवरी देखि डिसेम्बर सम्म) भने अङ्कले एक्सपाइर हुने वर्षलाई सङ्केत गर्दछ। A – जनवरी देखि मार्च, B – अप्रील देखि जून, C – जुलाई देखि सेप्टेम्बर, D – अक्टोबर देखि डिसेम्बर ।

उदाहरणको लागि, मानौँ तपाईँको सिलिण्डरमा ‘A 18’ लेखिएको छ। यसमा, A ले जनवरी देखि मार्च महिनालाई सङ्केत गर्दछ। अनि 18 ले सन् २०१८ को वर्षलाई जनाउँदछ। मतलब, तपाईँको सिलिण्डर सन् २०१८ को जनवरी देखि मार्च महिनासम्ममा एक्सपाइर हुन्छ ।

त्यसैले, ग्याँस किन्दा अन्तिम मिती हेरेर मात्रै सिलिण्डर लिने गर्नुपर्छ ।अन्तर्राष्ट्रिय मान्यताअनुरुप सिलिन्डर पहिलोपटक बनेको मिति (म्यानुफ्याक्चर्ड डेट) बाट २० वर्षसम्म मात्र प्रयोग गर्न योग्य हुन्छ ।उद्योगले सिलिन्डरमा पहिलोपटक बनेको मितिले १० वर्षसम्मको डेट राख्न पाउँछन् ।

त्यसपछि ५/५ वर्षमा हाइड्रोलिक टेष्ट गरेर त्यसको गुज्रने मिति परिवर्तन गर्नुपर्ने व्यवस्था रहेको नेपाल आयल निगमका निर्देशक दीपक बरालले बताए ।यसैका कारण नेपाली बजारमा २० वर्ष भन्दा लामो आयु काटेका लाखौं सिलिन्डर छन् । नेपालका धेरै ग्यास उद्योगले २० वर्षभन्दा पुराना सिलिन्डर त प्रयोग गरिरहेकै छन् नै, ५/५ वर्षमा गर्नुपर्ने हाइड्रोलिक टेष्ट पनि गरेका छैनन् ।

उपभोक्ता सजग नभएको र सरकारको अनुगमन फितलो भएको फाइदा उठाउँदै उद्योगहरुले म्याद गुज्रिएका सिलिन्डरमा ग्यास भर्दै बजारमा पठाइरहेका छन् ।नाकाबन्दीबा बेलामा धादिङका उद्योगहरुमा आपूर्ति मन्त्री गणेशमान पुन आफैं पुगेर अनुगमन गर्दा यस्ता म्याद गुजि्रएका सिलिन्डरमा ग्यास भरेर बजार पठाइने गरेको भेटिएको थियो ।

अझ ग्यास सिलिन्डरमा नयाँ रंग पोतेर र फलामले खोपेर लेखिएका म्यानुफ्याक्चर्ड डेट मेटेर पनि बजार पठाउने गरिएको भेटिएको छ । सिलिन्डर कुच्चिएर बाहिरी आकार नबिग्रिएसम्म प्रयोग गरिरहन सक्ने जोखिमलाई नेपालको कानुनले नै संस्थागत गरेको छ ।

आपूर्ति मन्त्रालयअन्तरगत नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानबाट खटिएका शाखा अधिकृतको टोलीले केहीमिहना अघि झापामा गरेको अनुगमनमा पनि यस्ता मिति गुज्रिएका थुप्रै सिलिन्डर भेटिएका थिए ।होटलमा प्रयोग भइरहेका त्यस्ता सिलिन्डर उपभोक्ताले नदिएपछि टोलीले जफत नै गर्न सकेन ।

बजारमा यस्ता हाइड्रोलिक टेष्ट नभएर मिति गुज्रिएका २५ प्रतिशत सिलिन्डर हुन सक्ने आयल निगमकै अधिकारी बताउँछन् ।‘हामीसँग ग्यास सिलिन्डरको मिति हेर्ने छुट्टै निकाय नै छैन । त्यसैले कति सिलिन्डरको म्याद गुज्रिएका होलान्, अनुमानमा भन्न सकिँदैन’ आयल निगमका एक उच्च अधिकारीले भने-‘अनुगमन र कारवाही नभएपछि मनलाग्दी हुन्छ, त्यो देखिएकै छ ।’