
काठमाडौं । पोखरामा दु’ र्घटनाग्र’ स्त यति एयरलइन्सको जहाज दु’ र्घटना हुँदा को पाइलट अञ्जु खतिवडाले सिक्दै गरेको खुलेको छ । सो जहाज दु’ र्घटनाबारे गठित छानविन समितिले सार्वजनिक गरेको प्राम्भिक प्रतिवेदन अनुसार काठमाडौंबाट नै जहाजको
कमाण्ड प्रशिक्षार्थी पाइलट अञ्जु खतिवडाले गरेको र पोखरामा दु’ घटना हुनुभन्दा १४ सेके ण्ड पहिले मात्रै क्याप्टेन कमल केसीले निय न्त्र णमा लिएको खुलेको छ । कमल केसीले निय न्त्रणमा लिँदा ज हाज सुधार गर्नै नसक्ने अवस्था मा पुगिसकेकोले दु’ र्घटनामा परेको तथ्य औ ल्याइएको छ ।
प्रकाशित प्रारम्भिक प्रतिवेदन अनुसार काठ माडौंबाट पोखराको ला गि उडेको जहाजले छ नटिकल माइल टाढाबाट एयर ट्राफिकसँग अवतरण अनुमति मागेको, एयर ट्राफिकले ३० तर्फबाट अवतरण्ण गर्न अनुमति दिएको तर लगत्तै पुनः १२ (बिपतिर) दिशाबाट अवतरण गर्न अनुमति माग गरेका थिए ।
सो अनुुमति दिने बेला एयर ट्राफिकले कुनै कुरा पनि नसोधी १२ तर्फबाट अवतरण अनुमति दिएका थिए ।पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको १२ तर्फबाट अवतरण गर्न आउँदै गरेको जहाज ३४३३ फिटको उचाई हुँदा अर्थात जमिनबाट ७२१ फिट माथि आईपुगेपछि विहान १०ः५६ः २७ बजे अटो पाइलट सिष्टम बन्द गरिएको थियो ।
अटो पाइलटले सिष्टम बन्द नगरिएको भए जहाजलाई अवतरण गराउन थप सहयोग गर्ने थियो । तर, जहाजको कमाण्ड गरिरहेकी अञ्जु ले अटो पाइटल बन्द गरेर फ्लापरलाई जहाजको उचाई घ टाउन ३० डिग्रीमा घटाउन क्याप्टेनसँग अनुमति मागेकी थिईन् । प्र तिवेदनका अनुसार क्याप्टेन केसीले ३० डिग्री ओके भनेका थिए ।
अटो पाइलट बन्द गर्ने वित्तीय जहाजको शक्ति उत्पादन गर्ने पङ्खा (प्रोपेलरले काम गर्र्न छोडेर २५ प्रतिशतले घट्दै शून्यमा झर्न पुग्यो । प्रार म्भिक प्रतिवेदनमा उक्त जहाजको इन्जिनमा कुनै समस्या नदे खिएको तर प्रोपेलर फेदर भई जहाज शक्तिहिन हुन पुुगेको उल्ले ख छ ।
जहाज जमिनबाट ५०० फिट माथि आईपुग्दा सम्म जहाज सिधा अवस्थामा रहेकोमा १०ः५६ः ५० बजे ३० डिग्री ब्याङ्ग हुँदै तलतिर खसेको सार्वजनिक गरिएको प्रतिवेदनमा उल्लेख छ ।
जहाज ३० डिग्रीमा ब्याङ हुँदै अघि बढ्दा अवत रण जारी राख्ने कि के गर्ने भनेर जहाजको कमाण्ड गरिरहेकी अञ्जु खतिवडाले क्याप्टेन केसीलाई सोधेका थिए ।जवाफमा केसीले जहाजलाई घुमाई राख्न भनेका थिए ।
अहिले आवश्यक छैन, केही पावर बढाउन भनेका थिए । लगत्तै जहाजको कमाण्ड गरिरहेकी अञ्जुले पावर बढाउन खोज्दा दुवै इन्जिनमा पावर नभएको पत्तो पाएकी थिईन् । क्याप्टेन केसीलाई जहाजको दुवै इन्जिनमा पावर नभएको जानकारी दिएको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ ।
१०ः५७ः१६ बजे जमिनबाट ३६८ फिटको उचाई माथि जहाजको इ न्जिनको पावर ७३ प्रतिशत बाट बृद्धि गरी ७७ प्रतिशत पुर्याइयो । तै पनि इन्जिनमा पावर आएन । लगत्तै १०ः५७ः१८ बजे जहाजको क माण्ड क्याप्टेन केसीले सम्हालेका थिए । केसीले पनि इन्जिनबाट पावर नआएको जानकारी दिएका थिए ।
क्याप्टेन केसीले जहाजको कमाण्ड सम्हालेको लगत्तै जहाज सीमा भन्दा कोल्टे परेको भन्दै चे’ तावनीमूलक सन्देश सुरु गरेको थियो । त्यतिबे ला जहाज ३११ फिटमाथि आइसकेको थियो ।१०ः५७ः२६ बजे एक्कासी जहाज बायातर्फ ढल्किदै तलतिर झर्न थालिसकेको थियो ।
दोस्रो चे’ तावनीयुक्त संकेतसँगै जहाज छ सेकेण्डपछि जमिनमा ब जारिन पुगेको प्रकाशित प्रारम्भिक प्रंितवेदनमा उल्लेख छ ।प्रतिवे दन अनुसार जहाजको इन्जिन घुमिरहेको र शक्ति उत्पादन गर्ने पंखा ले काम नगरेको कारणा देखाइएको छ । त्यसरी दुवै पंखाले एकै प टक काम नगर्नुको पछाडि मानवीय हो वा प्राविधिक हो ?
सो सम्बन्धमा विश्लेषणपछि मात्रै प्रतिवेदन तयार पारिने छानविन समितिले जनाएको छ ।सरकारले पूर्व सचिव नागेन्द्र प्रसाद घिमिरे को संयोजकत्वमा बुद्धिसागर लामिछानेसहितको छानविन टोली गठन गरेको थियो । सो टोलीले ककपिटभित्र भएको कुराकानीको संवादको आधारमा सो तथ्य पत्ता लगाएको हो ।