
काठमाडौं (हाम्रो खेलकुद) – अलराउन्डर दीपेन्द्रसिंह ऐरी र कुशल मल्लको उत्कृष्ट ब्याटिङमा नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा स्कट ल्यान्डमाथि तीन विकेटको सानदार जित हात पारेको छ ।
जितको लागि २ सय ७५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४७ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । नेपाल को जितमा दीपेन्द्र सिंह ऐरी १ सय १६ बलमा ८ चौका र १ छक्का सहित ८५ रनमा अविजित रहे । दीपेन्द्रको यो ओडिआई करिअरको दोस्रो उत्कृष्ट प्रदर्शन हो । दीपेन्द्रको करिअरको उत्कृष्ट प्रदर्शन गत वर्ष मार्चमा पपुवा न्युगिनी विरुद्ध १ सय ५ रन थियो ।
सोमपाल कामी ३२ बलमा ३ चौकासहित २४ रनमा अविजित रहे । सोमपालले विजयी चौका प्रहार गर्दै खेल सकाएका थिए ।
बायाँ हाते अलराउन्डर कुशल मल्लले ६७ बलमा ९ चौका र ४ छक्कासहित ८१ रनको उत्कृष्ट इनिङ खेले । कुशल मल्ल स्पिनर मार्क वाटको बलमा ठूलो सट खेल्ने धुनमा टप एज लागेर हम्जा ताहिरबाट क्याच आउट भएपछि शतक नजिक पुगेर पेभेलिएन फर्किनु परेको थियो ।
त्यसअघि कुशल मल्लले ब्यक्तिगत ६ रनमा जीवनदान पाएका थिए ।कुशल मल्लले ४२ बलमा आफ्नो ओडिआई करिअरको दोस्रो अर्धशतक पूरा थिए । कुशलको यो करि अरको दोस्रो ओडिआई अर्धशतक हो । कुशलको यो अन्त र्राष्ट्रिय कुनैपनि खेलको उत्कृष्ट प्रदर्शन हो । एक समय ७७–५ को अवस्थमा पुगेको नेपाल लाई छैटौं विकेटका लागि कुशल र दीपेन्द्रसिंह ऐरीले १ सय रनको शतकीय साझेदारी गर्दै नेपाललाई जित नजिक पुर्याएका थिए ।
तीव्र गतिका बलर क्रिस सोलको तेस्रो ओभरको पहिलो बलमा कुशल भुर्तेल एज लागेर विकेट किपर म्याथ्यु क्रसबाट १६ रनमा क्याच आउट हुन पुगे । कुशल भुर्ते लले ८ बलमा ४ चौका हान्दै आउट भएका थिए ।
चौथो बलमा ज्ञानेन्द्र मल्ल एज लागेर क्रसबाटै ६ रनमा क्याच आउट भए । त्यसअघि इनिङको पहिलो ओभरमै सोलले २३ रन खर्चेका थिए । तेस्रो ओभरमा भने उनले खेल मोडेका थिए । पाँचौं ओभरमा आसिफ शेखलाई उनले ९ रनमा क्याच आउट गराए ।कप्तान रोहित पौडेल ६ रनमा क्याच आउट भए ।
स्पिनर मार्क वाटको बलमा कट खेल्नेक्रममा रोहित प्वाइन्टमा ज्याक जार्विसबाट क्याच आउट हुन पुगेका थिए । सन्दीप जोरा ५ रनमा मार्क वाटको बलमा एल बीडब्लू आउट हुँदा नेपाल १०.५ ओभरमा ७७–५ को अवस्थामा पुगेको थियो । सातौं विकेटका लागि गुलशन झा र दीपेन्द्रले ४३ रनको साझेदारी गरेका थिए । माइकल लिस्कको बलमा गुलशन १६ रनमा कट एण्ड बोल्ड आउट भए ।
स्कटल्यान्डका स्पिनर मार्क वाटले १० ओभरमा ४३ रन खर्चेर ३ विकेट लिए । क्रिस सोलले १० ओभरमा ७२ रन खर्चेर ३ विकेट लिए ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटि ङको निम्तो पाएको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ७४ रन बनाएको थियो । स्कटल्या न्डका सातौं नम्बरका ब्याटर माइकल लिस्कले ८५ बलमा ३ चौका र ९ छक्कासहित १ सय ७ रनको सान दार अवि जित शतकीय इनिङ खेलेपनि टोली को हार टार्न सकेनन् ।उनको यो करिअरको कुनैपनि संरचनाको पहिलो शतक थियो ।
एक समय २४.२ ओभरमा १११–६ को दय नीय अवस्था मा पुगेको स्कटल्यान्डलाई माइकल लिस्कले अविश्वसनीय पूनरागमन गराउनेक्रममा उत्कृष्ट शतक प्रहार गरेका थिए ।
स्कटल्यान्डलाई माइकल लिस्क र ज्याक जार्विसले सातौं विकेटका लागि ८१ रनको साझेदारी गरेपछि खेलमा उत्कृष्ट पूनरागमन थियो । ४० औं ओभरको तेस्रो बलमा स्पिनर दीपेन्द्रसिंह ऐरीले डेब्यू खेल ज्याक जार्विसलाई २६ रनमा बोल्ड गर्दै साझेदारी तोडेका थिए ।
उनले ३८ बलमा १ चौका र १ छक्का हानेका थिए । आठौं विकेटका लागि मार्क वाटसँग माइकल लिस्कसले ७६ रनको साझेदारी गरेका थिए । मार्क वाट ३१ बलमा २० रनमा रन आउट भए ।टियु एण्डबाट आएका स्पिनर कुशल मल्लले आठौं ओभरको चौथो बलमा कप्तान रिची बेरिंग्टनलाई १९ रनमा कट एण्ड बोल्ड आउट गर्दै नेपाललाई पहिलो सफलता दिलाएका थिए ।
बेरिंग्टनले २५ बलमा २ चौका प्रहार गरे । कुशलले नै म्याकबड्रीलाई २२ रनमा आसिफ शेखबाट क्याच आउट भए । उनले २९ बलमा ३ चौका प्रहार गरे । त्यसपछि सन्दीप लामिछानेले दुई विकेट लिँदै धरासयी बनाएका थिए ।
सन्दीपले प्रमुख ब्याटर म्याथ्यु क्रसलाई दुई रनमा एलबीडब्लू आउट गरे । टम म्याककिन्ट सलाई सन्दीपले १९ रनमा एलबीडब्लू आउट गरे । डेब्यू खेल खेलेका उनले २८ बलमा २ चौका प्रहार गरे । कुशल भुर्तेलले २४ औं ओभरको दोस्रो बलमा क्रिस ग्रेभ्सलाई १६ रनमा विकेटकिपर आसिफ शेखबाट क्याच आउट गराएका थिए ।
पाँचौं विकेटका लागि क्रिस ग्रेभ्स र ब्रेन्डन म्याकमुलेनले ४६ रनको साझेदारी गरेका थिए ।लगत्तै अर्को ओभरमा सन्दीपले म्याकमुलेनलाई कुशल मल्लबाट क्याच आउट गराएपछि २४.२ ओभरमा स्कटल्यान्ड १११–६ को अवस्थामा पुगेको थियो । तर त्यो अवस्थाबाट भने नाटकीय रुपमा पूनरागमन गरेको थियो।
नेपालका सन्दीप लामिछानेले १० ओभरमा २७ रन खर्चेर ३ विकेट लिए । कुशल मल्लले ९ ओभरमा १ मेडनसहित ४९ रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले ९ ओभरमा १ मेडन सहित ५२ रन खर्चेर १ विकेट लिए । कुशल भुर्तेलले ६ ओभरमा २२ रन खर्चेर १ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले ५ ओभरमा २५ रन खर्चेर १ विकेट लिए । नेपालले शनिबार नामिबिया र मंगलबार स्कटल्यान्डसँग खेल्नेछ ।
अंक तालिका
स्कटल्यान्ड ३४ खेलमा २३ मा जित र ९ मा हारका साथ ४८ अंकका साथ शीर्ष स्थानमा छ । ओमान ३६ खेलमा २१ मा जित र १३ मा हारसहित ४४ अंकका साथ दोस्रो स्थानमा छ । नामिबिया ३२ खेलमा १८ मा जित र १३ मा हारका साथ ३७ अंकका साथ तेस्रो स्थानमा छ ।
अमेरिका ३६ खेलमा १६ मा जित र १७ मा हारसहित ३५ अंकका साथ चौथो स्थानमा छ । युएई २६ खेलमा १२ मा जित र ११ मा हारसहित २७ अंकका साथ पाँचौं स्थानमा छ ।
नेपाल २६ खेलमा १० मा जित र १४ मा हारसहित २२ अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी २८ खेलमा २ मा जित र २५ मा हारसहित ५ अंक जोड्दै पुछारमा छ । शीर्ष तीन टोली सोझै ग्लोबल छनोट खेल्नेछन् । बाँकी चार टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ ।