
काठमाडौं । सामाजिक सञ्जालमा एक महिलाको भावुक भिडियो भाइरल भइरहेको छ । यसमा महिलाले आफ्नो कथा सुनाउँदै आँसु झारेकी छिन् । ती महिलाले आफ्नो जीवनमा कहिल्यै प्रेमी नभएको बताएकी छिन् ।ती महिला यहीँ रोकिइनन्,
रुँदै उनले जीवनमा कुनै केटाको हात पनि समात्न नपाए को बताइन् । महिलाको यो घटनालाई लिएर मानिसहरुले फरक फरक प्रतिक्रिया पनि दिइरहेका छन् ।‘द इन्डिपेन्डे न्ट’को रिपोर्टका अनुसार भाइरल भिडियो चीनको सांघाई सहरमा बस्ने २८ वर्षीया महिलाको हो ।
जुन यो हप्ताको सुरुमा भाइरल भएको थियो। भिडियोमा देखिएकी महिलाको पहिचान भने खुलाइएको छैन । भिडियोमा यी महिला आफ्नी भाउजुसँग कुरा गरिरहेको देखिन्छ ।भिडियोमा उनी भनिरहेकी छिन्– म आफ्नो जीवनमा हरेक दिन दबाब महसुस गर्छु ।
मैले आजसम्म कसैको हात समातेको छैन । मैले सम्बन्ध को बारेमा धेरै प्रयास गरे। म ब्लाइन्ड डेटमा गएँ तर माया पाउन सकिन। यो भिडियोमा महिला लगातार रोइरहेकी छिन् ।साङ्घाईमा बस्ने यी महिलाले उनको एकल सम्ब न्धलाई लिएर उनका अभिभावक पनि चिन्तित रहेको बताइन् ।
यो भाइरल भिडियोमा धेरैले कमेन्ट गरेका छन् । एक प्रयोगकर्ताले लेखेका छन्– म उनीभन्दा २ वर्ष जेठी छु, यस्तो अवस्थामा उनले कस्तो तनावको सामना गरिरहेकी छिन् ।
म यो बुझ्न सक्छु। अर्की महिलाले लेखेकी छिन्– ‘म पनि यस्तै अवस्थाको सामना गरिरहेको छु… मेरा अभिभावकले पनि मलाई दबाब दिइरहेका छन् ।
सन् २०१९ मा दुई चिनियाँ कम्पनीले अनौठो घोषणा गरेका थिए । त्यसपछि यी दुई कम्पनीले ३० वर्षभन्दा माथिका एकल महिला कर्मचारीले
वर्षमा आठ दिन डेटिङ बिदा पाउने बताएका थिए । त्यसपछि एकल महिला कर्मचारीले यो निर्णयमा निकै खुसी व्यक्त गरेका थिए ।