
मोरङको सुन्दरहरैँचा–१० निवासी एक वृद्ध दम्पतीको एक दिनको फ रकमा निधन भएर एउटै चिता तथा घाटमा दाहसंस्कार गरिएको छ । विराटनगरको नोबेल अस्पतालमा ८९ वर्षको उमेरमा मङ्गलबार पद मबहादुर बुढाथोकीको निधन भएको थियो ।
त्यसको भोलिपल्ट बुधबार ७९ वर्षको उमेरमा पत्नी शिवमाया बुढा थोकीको निधन भएको हो ।पदमबहादुरको शवयात्रा बेलबारीको लोहान्द्रा खोलामा पुगेर अन्तिम दाहसंस्कारका लागि तयारी गर्दा बेहोस भएर श्रीमती शिवमायाको निधन भएको स्थानीय शिक्षासेवी अर्जुन बस्नेतले जानकारी दिनुभयो ।
उहाँले बुढाथोकी दम्पतीको एउटै समय तथा एकै चिता र घाटमा अ न्त्येष्टि गरिएको बताउनुभयो । विवाह गर्दा सँगै मर्ने तथा सँगै बाँच्ने वाचाकसम खाएका श्रीमान् श्रीमतीमा यस्तो निधनको संयोग विरलै मात्र हुने स्थानीयवासीले बताएका छन् ।
यो पनि: तनहुँमा बाख्रा फार्ममा आगलागी हुँदा ३२ लाखको क्षति, तनहुँको देवघाट गाउँपालिका–५ स्थित बाख्रा फार्ममा आगलागी हुँदा रु ३२ लाख बराबरको पशुधन तथा अन्य सम्पत्तिको क्षति भ एको छ ।
सोही ठाउँका बुद्धिप्रसाद उपाध्यायले सञ्चालन गरेको भट्टराई कृषि तथा बाख्रा फार्ममा आगलागी हुँदा सो क्षति भएको हो ।
आगलागीबाट चार बाख्रा जलेर मरेका छन् भने अठार वटा बाख्रा ज लेर घाइते भएको प्रहरीले जनाएको छ । बाख्राको गोठ, पराल, दा ना, चोकरलगायतका सामन पूर्णरूपमा जलेर नष्ट भएको इलाका प्रहरी प्रमुख कृष्णबहादुर बानियाँले जानकारी दिनुभयो । सो फार्ममा ६२ वटा बाख्रा, पाँचवटा भैँसी, चारवटा गाई थिए ।
प्रहरीका अनुसार राति ०१ः३० बजे लागेको आगो भरतपुर महानगर पालिकाबाट आएको दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा बिहान ३ बजे नियन्त्रणमा आएको थियो ।
करिब १४ वर्ष वैदेशिक रोजगारीको सिलसि लामा मलेसिया र सि ङ्गापुर बसेर फर्किनुभएका उपाध्यायले विसं २०७७ साल असार बाट उक्त फार्म सञ्चालन गर्नुभएको थियो ।