पाइलटकै तलब नदिएपछि गुण एयरलाइन्सका सबै उडानमा प्रतिबन्ध

कार्यरत पाइलट र कर्मचारीहरुको तलबसमेत नदिएपछि गुण एयरलाइन्सको उडान नै रोकि एको छ । महिनौँदेखि पाइलट, एयरहोस्टेज लगायत एयरलाइन्समा कार्यरत कर्मचारीको तलब नदिएको खुलेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले उडानमा प्रतिबन्ध लगाएको छ ।

सात वटा विमान रहेको गुणमा तलब नपाएपछि आन्दोलन स्वरुप पाइलटले गत हप्तादेखि नै उडान गर्न छाडेका थिए । कर्मचारीले तलब नपाएको जानकारी पाएपछि प्राधिकरणले गुणको ‘अडिट’ हेरेको थियो ।‘हामीलाई आएको सूचना फेरिफाइ गर्न अडिट गर्यौं, तलब निकासा भएको देखिएन’

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले भने ‘हामीले गुणलाई आदेशपत्र पठाएर तत्काल समस्या समाधान गर्न र पूरानो सबै हि साब मिलाउन भनिसकेका छौँ ।’

प्राधिकरणले कर्मचारीलाई तलब नदिँदा हवाइ सुरक्षामा असर पर्ने भन्दै अर्को व्यवस्था नभएसम्मका लागि

सबै जहाज ग्राउन्डेड गर्न पत्र पठाएको छ । प्रवक्ता निरौलाका अनुसार समस्या समाधान नहुञ्जेल गुण एयरलाइन्सका सबै ज हाजलाई ग्राउण्डेड गरिएको छ ।

‘समस्या समााधन भयो भनेर गुणले भनेपछि मात्रै अडिट गर्छौँ, तलब निकासा भएको प्रमाणित भएपछि मात्रै उडानको फुकुवा हुन्छ’,

निरौलाले भने यद्यपि गत बुधबारदेखि नै गुणका उडान बन्द थिए । कम्पनीले भने जहाज मर्मत का लागि स्पेयर पार्टस् विदेशबाट ल्या उन लागि एकाले जहाज नउडाइएको दाबी गर्दै आएको छ ।गुण एयरलाइन्सका बजार व्यवस्थापक प्रज्ज्व ल थापा प्राधिकरणको आरोपमा

सत्यता नभएको जिकिर गर्छन् । आन्तरिक समस्याले मात्रै रोकिए को हो, तलबमा समस्या छैन, एक हप्तापछि नियमित हुन्छ, उनले बिजपाटीसँग भने । अडिट नगरिएको विषयमा उनले अब अडिट गर्ने भनेर घुमाउरो पाराले कमजोरी स्वीकार गरेका छन् ।

यो पनि – नेपाल राष्ट्र बैंकले एकै व्यक्तिले धेरै वटा लघुवित्तबाट ऋ ण लिन नपाउने व्यवस्था गर्ने तयारी गरिरहेको जनाएको छ। आज काठमाडौँमा आयोजित ‘संकटमा लघुवित्तः कारण र समाधान’

विषयक अन्तरक्रिया कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालले एकै व्यक्तिले धेरै लघुवित्तबाट ऋण लिन नपाउने व्यवस्था गर्न लागिएको बताएका हुन्।

लघुवित्तले केवाईसी समेत कार्यान्वयन नगरेको, सदस्यले छलेर ऋण लिएको, एउटाको ऋण तिर्न अर्को लघुवित्तबाट ऋण लिएको पाईएको लगायतका कारणले एकै व्यक्तिले धेरै

लघुवित्तबाट ऋण लिन नपाउने व्यवस्था गर्न लागिएको उनले बताए । छिट्टै राष्ट्र बैंकले यसबारे निर्देशन जारी गर्ने उनले उल्लेख गरे ।