
बेनी नगरपालिकाको वडा नं ७ मा पर्ने कुरिलाखर्कको सडक र पैदल मार्ग भएर दैनिक सयौँ सवारीसाधन र मानिस ओहोरदोहोर गर्छन् ।सडक छेउको ओढारमा बेनी–५ भिरमुनिका ५० वर्षीय राहुल विकले ढुङगेयुगजस्तै एक वर्षदेखि ओढारमै आश्रय लिएका छन् ।
छोराहरूको मृ’ त्यु, श्रीमतीले दोस्रो विवाह र आफन्तले हेला गरेपछि ओढारमा बस्नुपरेको राहुलले बताए ।‘शक्ति र उमेर हुँदासम्म ३५ व र्ष भारतमा काम गरेँ’, उनले भने, ‘उमेर घर्किएपछि गाउँ फर्कँदा साथ दिने कोही भएनन् । हेला गर्न थालेपछि घर छाडेर ओढारमा बस्नुपरे को हो ।’
राहुलले कन्दमूल खोज्ने र मागेर ल्याएको अन्नबाट दैनिकी चलाउने गरेका छन् । सो ओढार बेनी बजारबाट करिब एक किलोमिटर नजि कको दूरीमा छ । सडकको कान्लामाथिको सानो ओढारमा फाटेका कपडा ओछ्याएर सुत्ने गरेका छन् । शारीरिक कमजोरीका कारण श्रम गर्न सक्दैनन् ।
काम गर्न नसक्ने भएकाले कसैले दिएको तथा मागेको आफैँले पका एर खाने गरेका कुरिलाखर्कका सुरेस ढुङ्गानाले बताए । ‘मेरो भैंसी फार्मसँगै जोडिएको ओढारमा बस्न थाल्नुभएको एक वर्षजति भयो’, उनले भने, ‘काम गर्न सक्दिनँ । मलाई यही ठिक छ भन्नुहुन्छ ।’
ढुङ्गानाको भकारो छेउको गोलभेँडा टिपेर तरकारी बनाउने राहुल अरु खाद्यान्न माग्न बजार झर्नुहुन्छ । दिउँसोमा घाम लागे पनि रात मा चिसो हावा सिधैँ ओढारभित्र छिर्छ । उनलाई मागेर जुटाएको खाद्यान्न बाँदरबाट जोगाउनै हम्मे पर्छ । रातमा चितुवाको समेत डर छ ।
कुरिलाखर्ककी बासिन्दासमेत रहेकी बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले राहुललाई ओढारबाट घरमा पठाउने प्रयास गरे पनि नमानेको बताए । ‘ओढारमा बसेको देख्नेबित्तिकै खोजीनीति गरेको हो’, उनले भने, ’अन्त जाने ठाउँ छैन, यहाँबाट नपठाउनु भनेर मान्दै मान्दैनन् ।’
यो पनि – मन्दिरमा ठूला पर्वको साँझसम्म भेटी संकलन गरी प्रह रीकै उपस्थितीमा मुचुल्का गरिन्छ । रातभरी सुरक्षामा भेटी र चावी कोषमा राखिन्छ। भोलीपल्ट विहान सरोकारावाला निकायको उप स्थितिमा प्रहरी चौकीबाट मन्दिर परिसरमा ल्याएर कोषका पदाधि कारीले हस्ताक्षर गरेलगत्तै भेटी फिजारिन्छ, सबैले बसेर खनखनी पैसा गन्ने गर्दछन्।
म्याग्दीको बेनी नगरपालिका–९ मा अवस्थित मन्दिरमा सधै यस्तै हुने गरेको छ। देशभरका ठूला मन्दिरहरुको भेटी दुरुपयोगका खवर सार्व जनिक भइरहेको अवस्थामा गलेश्वर मन्दिरमा विगत एकदशक यता मन्दिर परिसर भित्र सर्वसाधारणले समेत प्रत्यक्ष अवलोकन गर्ने मि ल्ने गरी भेटी गन्ने गरिन्छ। महाशिवरात्रीको भोलीपल्ट अर्थात आइत बार पनि यस्तै दृष्य मन्दिरमा देखिएको थियो।
मन्दिरको भेटी सदुपयोगमा स्थानीयबासीले समेत सघाइरहेका छन् । विहानै सातबजेदेखि करिव १२ बजेसम्म लगातार भेटी गन्ने गरि न्छ। भेटी सार्वजनिको बेलामा आवश्यकता अनुसार सामाजिक सञ्जालको प्रयोग तथा सञ्चारमाध्यमलाई समेत जानकारी दिने गरिएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधब प्रसाद रेग्मीले बताए।
‘भेटी सदुपयोग हुदाँ पूर्वाधार विस्तारमा धेरै सहज भएको छ,‘भेटी गन्ने क्रममा मन्दिरमा आएका भक्तजनहरुलाई समेत गन्न दिने ब्यवस्था मिलाइएको छ’ अध्यक्ष रेग्मीले भने। शनिबार महाशि वरात्रीमा दर्शन गर्न आएका दशर्नाथीहरुले चढाएको भेटी गन्न आइतबार विहान ७ बजेदेखि १० बजेसम्म लागेको थियो।करिब २० देखि ३० जनाको उपस्थितिमा भेटी गनिएको थियो। कोषका पदा धिकारी, कर्मचारी गलेश्वर आमा समुह, प्रहरी र स्थानीयबासीको उपस्थितीमा भेटी गन्न थालिएपछि भेटीको दुरुपयोग रोकिनुका साथै पूर्वाधार विस्तारमा समेत भेटीले ठूलो भूमिका खेलेको गलेश्वर शि वालय क्षेत्र विकास कोषका उपाध्यक्ष बमबहादुर पुनले बताए।
महाशिवरात्रीमा गलेश्वर मन्दिरमा ४ लाख ३५ हजार ३७ रुपैयाँ संकलन भएको थियो। भगवानलाई चढाइएको भेटीको दुरुपयोग पनि एक किसिमले अपराध नै भएकाले भक्तजनहरुले समेत गन्न लागेको स्थानमा सहभागी भएर धन्यवाद दिने गरेका छन् ।साउने सोमबार,
बालाचर्तुदर्शी, शिवरात्री र साउने सोमबारको हरेक हप्ताको मंगल बार भेटी सार्वजनिक गर्ने गरिन्छ भने अन्य महिनामा प्रत्येक १५ दिन मा सार्वजनिक गर्ने गरिएको छ। विहानदेखि बेलुकीसम्म भक्तजनले दर्शन गरेपछि प्रहरी, स्थानीयबासीको सक्रियतामा भेटी संकलन गर्ने गरिन्छ ।
भेटी गन्न स्थानीयबासीले समेत आफ्नो समय छोडेर सहयोग गर्ने गरेको गलेश्वर आमा समुहकी निर्वतमान अध्यक्ष गौमायाँ मगरले बताए। भेटीको सदुपयोग हुन थालेपछि भक्तजनको चापसँगै करो डौको पूर्वाधारका साथै भक्तजनलाई निशुल्क भोजन सहितका सुविधाहरु समेत थपिएको छ । ०५७ साल देखी ६७ सालसम्म मन्दिर ब्यवस्थापन समितिको खातामा ३१ लाख मन्दिरको आम्दानी थियो।
मन्दिर स्थापना देखी ०६७ सालसम्म मुल मन्दिरमा भक्तजनले चढा एको सुन देखी नगदसम्म पुजारीको पहुँच,जलबराह कुण्ड, कालिग ण्डकी स्नान गर्न जाने मार्गमा रहेको जडभरतको गुफा सहित आसपा सका क्षेत्रमा रहेका शालग्राम सहित हिन्दु धर्मालम्बीले पुजाआजा ग र्न ठाउँमा चढाइएको भेटीमा बाहिरी मान्छेले समेत चढाएकै ठाउँबाट दुरुपयोग गर्ने गरेका थिए।
०६७ सालमा स्वर्गीय रुद्ध बहादुर कार्कीको अध्यक्षतामा नयाँ समि तिले मन्दिरको भेटीलाई ब्यवस्थित बनाउने गरी सार्वजनिक स्थानमै गन्न सुरु गरिएको हो। अहिले धेरै भेटी संकलन हुने ठाउँमा सिसी क्यामेरा जडान सहित निगरानी, पुजारीलाई तलव सहित खाना बस्ने ब्यवस्था गरिएपछि भेटी ह्वात्तै बढेको छ।
भेटी, महायज्ञबाट संकलन तथा तीर्थयात्रीले दिएको दानबाट पछि ल्लो १२ वर्षको अवधिमा करिब ११ करोडको लागतमा विभिन्न भौतिक पूर्वाधार निर्माण भएको छ। धर्मशाला, सभाहल, वाटिका, यज्ञशाला, पाठशाला, पुजारी निवास, भोजनालय, कालीगण्डकी सम्म पुग्ने मार्ग, एक सय आठ शिवलिङ्ग, जडभरत, नटराज र लक्ष्मीनारायणको मूर्ति स्थापनालगायत भौतिक संरचना निर्माण भएको छ।
भेटीबाटै गलेश्वर बजारमा समेत सडक बत्ती जडान गरिएको छ । हाल विभिन्न बैंक तथा वित्तिय संस्थामा ३ करोड २६ लाख बचत समेत रहेको छ। कृष्णागण्डकीवाट उठेर ९ रोपनी चट्टानमा फैलि एको