सन्दीप लामिछानेले भर्खरै लेखे यस्तो भावुक स्टाटस

काठमाडौँ । नेपालले उच्च प्रदर्शन गर्दै क्लिन स्विप नै गरेपछि पूर्व कप्तान सन्दीप लामिछानेले खुसी व्यक्त गरेका छन् । उनले आज सामाजिक सञ्जालमार्फत नेपालको क्रिकेटले जितेको प्रतिक्रिया दिएका छन् ।

‘मैले कति योगदान गर्न सकेँ थाहा छैन । तर मेरो देशले क्रिकेटले जितेको छ । यो साथ र मायाका लागि सम्पूर्णमा हृदयदेखि आभारी छु,’ भन्दै सन्दीपले फेसबुकमा दर्शकलाई आफूले नमस्कार गरिरहे को तस्बिर राखेका छन् ।

आइसिसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत घरेलु मैदानमा भएका नामिबिया र स्कटल्यान्डविरुद्धका चारवटै खेल नेपालले जितेको थि यो ।

सन्दीपले उत्कृष्ट प्रदर्शन गर्दै १३ विकेट लिएका थिए ।

अन्य समाचार / काठमाडौं महानगरपालिकाले ऐतिहासिक ढुङ्गे धाराको संरक्षण र भूमिगत पानी पुनः भरणका लागि अध्ययन अघि बढाएको छ । कामपाले उक्त कार्य वडा नं. १५ बाट सुरु गरिसकेको छ ।

उक्त कार्यका लागि कामपाले इञ्जिनियरिङ अध्ययन संस्थान, पु ल्चोक क्याम्पससँग सहकार्य सुरु गरेको कामपाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिनुभयो । “सुरुआतमा कामपाको ३२ वटै वडामा कति ढुङ्गेधारा छन्, कतिमा पानी नियमित रुपमा आउँछ, कतिमा आउँदैन, पानी पुनः भरण कतिमा गर्नुपर्छ भन्नेबारे अध्ययन गरेर सोही अनुसार काम भइरहेको छ, यो अध्ययनको मुख्य उद्देश्य कामपाको सबै ढुढुङ्गेधारामा नियमित रुपमा पानी आउने बनाउनु हो”, प्रवक्ता मानन्धरले भन्नुभयो ।

उहाँका अनुसार ढुङ्गेधारा प्रणालीसँग सहरी विकासको शृङ्खला जोडिएको छ । सहरलाई मानव बसोबास योग्य बनाइराख्न पानीका प्राकृतिक स्रोत तथा यसको पुन:भरणको रैथाने विधिलाई वैज्ञानिक कोणबाट अध्ययन गर्नुपर्ने आवश्यकता महसुस गरेर इञ्जिनियरिङ अध्ययन संस्थानसँग सम्झौता गरिएको प्रवक्ता मानन्धरको भनाइ छ ।

अध्ययनमा हिटी (ढुङ्गेधारा) निर्माण, उपयोग तथा संरक्षणसम्बन्धी रैथाने ज्ञान र सीप, वर्तमान अवस्था, प्रणालीसँग धार्मिक, सामाजि क र परम्परागत स्थानहरुको सौन्दर्यको पक्ष समेटिनेछ ।

यस्तै, प्राचीन प्रणाालीसँग खानेपानीका आधुनिक पाइप लाइन विस्तारको सम्बन्ध हेरिनेछ । त्यस्तै आधुनिक विकाससँग परम्प रागत ढुङ्गे धारा प्रणाली संरक्षणको योजना र विकासमा अध्ययन गरिने कामपाले जनाएको छ ।

स्मारक तथा अन्य क्षेत्रमा भएका ढुङ्गेधारासम्बन्धी अभिलेख तयार गर्नु, तस्बिर सङ्ग्रह गर्ने कार्य पनि अध्ययनको क्रममा गरिने छ । का मपाले अध्ययनमा प्राप्त जानकारीका आधारमा आकासे पानी स ङ्कलन तथा पुनःभरण, ढुङ्गेधाराको दिगो उपयोग र संरक्षणसम्ब न्धी प्रस्ताव तथा सिफारिस पनि गर्नेछ ।

अध्ययन विशेषगरी कामपको भित्री वडा जहाँ ऐतिहासिक ढुङ्गे धाराको सङ्ख्या बढी रहेको स्थानसहित ३२ वटै वडामा रहेका ती सम्पदाको तथ्याङ्क र संरक्षणका लागि केन्द्रित छ । पछिल्लो स मय कामपाले पनि कामपा–१७, १८ र १९ का केही ढुङ्गेधाराको संरक्षणको काम भने गरिरहेको छ ।

आगामी दुई वर्षसम्ममा उक्त ऐतिहासिक सम्पदाको अध्ययनको का म सक्ने गरी कामपा र इञ्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पससँग सहकार्य अघि बढाएको हो । जहाँ विशेषत काठमाडौं का ढुङ्गेधारा र भूमिगत पानी पुनस्र्थापनाका लागि अध्ययन हुन्छ । विगतमा ढुङ्गेधाराकै पानीको भरमा काठमाडौंवासी बाँचेका भए पनि पछिल्लो समय मानिसको बाक्लो बस्ती र अन्य विभिन्न कार णले गर्दा यसको प्रयोग र महत्त्व भने घट्दै गएको छ । हाल काम पामा रहेको ढुङ्गेधारा केहीमा मात्रै पानी आउँछन् भने धेरै ढुङ्गेधारा हरुमा संरक्षण र सरसफाइ बिना अलपत्र छन् ।काठमाडौं उपत्यका को विभिन्न स्थानमा प्राचीनकालदेखि निर्माण गरेर छाडेका ऐतिहा सिक महत्त्वका ढुङ्गेधाराले कलात्मक तथा सांस्कृतिक दृष्टिले आ फ्नो छुट्टै पहिचान बोकेको भए पनि यसको संरक्षणमा ध्यान नपुगेको कारण संरक्षण गर्न लागिएको कामपाको जानकारी दिएको छ ।

पानीको अभाव झेलिएको अहिलेको अवस्थामा नगरवासीलाई विभि न्न स्रोतका विकल्पमध्ये एउटा उपयुक्त विकल्प ढुङ्गेधारा संरक्षण बाट हुन सक्ने कामपाको विश्वास छ । ढुङ्गेधारा हिजोआज मात्रै विकास भएको इतिहास होइन यसको पछाडिको इतिहास लिच्छवि कालसम्म जोडिएको छ । लिच्छवी राजा मानदेवका नाति भारविको पालामा बनेको काठमाडौंको हाँडीगाउँको ढुङ्गेधारा अहिलेसम्मकै सबैभन्दा प्राचीन मानिन्छ ।

उत्कृष्ट कलाकौशलका रुपमा रहेका काठमाडौं उपत्यकाको टोलटो लका रहेको ऐतिहासिक ढुङ्गेधारा लुँहिटी, मरुहिटी, थँहिटी, क्वहि टी, वहहिटी आदि नामले प्रचलित छन् । जुन नेवारी भाषा र संस्कृति सँग प्रत्यक्ष जोडिएका छन् । रासस