झापामा एक युवकले गरे पेट्रोल छर्किएर आत्मदाहको प्रयास

बिर्तामोडको मुक्तिचोकमा मंगलबार अपराह्न ४ बजे शरीरमा पेट्रोल छर्किएर विजय चौधरीले आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए।

बिर्तामोड-७ निवासी ३४ वर्षीय चौधरी बीएण्डसी हस्पिटलमा चाल कको काम गर्थे। उनी दुर्गा प्रसाईंको सहयोगीका रूपमा रहेका थिए। तर, केही महिनादेखि उनी बेरोजगार रहेको बताइएको छ।

घटनापछि चौधरीलाई उपचारका लागि बीएण्डसी अस्पताल लगिए को डीएसपी रिजालले बताए। पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका चौधरीलाई प्रहरी र स्थानीयले तत्काल उद्धार गरी अटोमा हा लेर हस्पिटल पुर्‍याइएको बताइएको छ।

उनको शरीरको पछाडिको भाग १५ देखि २० प्रतिशत जलेको छ। उनको बीएण्डसी हस्पिटलको एचडीयुमा उपचार भइरहेको छ।

उनले आत्मदाह गर्नुको कारण अझै नखुलेको डीएसपी रिजालको भनाइ छ।