
बुधबार ३३ वर्ष पुगेका अभिनेता पूर्णविक्रम (पल) शाहले कारागारमै जन्मदिन मनाएका छन्। तनहुँ जिल्ला कारागारभित्रै जन्मदिन मनाउन लागेका उनलाई भेट्न केही कलाकार पुगेका थिए ।
तनहुँ कारागारमा रहेका अभिनेता पल शाहले आफ्नो जन्मदिन कारा गारभित्रै मनाएका हुन् । बुधबार परेको पल शाहको जन्मदिन मनाउन अभिनेत्री पूजा शर्मा, निर्देशक शोभित बस्नेत सहितको टोली त्यहाँ पु गेको हो ।
कारागार प्रशासनले आफन्त र केही साथीभा इको उपस्थितिमा केक काटेर जन्मदिन मनाउन शाहलाई अनुमति पनि दिएको थियो।
जन्मदिनको अवसरमा उनलाई सामाजिक सञ्जालमा फ्यान र निकट फिल्मकर्मीले शुभकामना दिइरहेका थिए ।
तनहुँ जिल्ला अदालतले जबरजस्ती करणीको मुद्दामा सफाइ दिए पनि पलले नवलपुर जिल्ला अदालतले बालयौन दुर्व्यवहारको मुद्दा मा
सुनाएको साढे दुई वर्ष जेल सजाय काटिरहेका छन्। नवलपुर अदालतको फैसलाविरुद्ध पल शाह उच्च अदालत पोखरामा पुनरावेदन दिएका छन्।