
बुटवलको देवीनगर होराइजनचोकका ५६ वर्षिय रामचन्द्र रेग्मी उच्च रक्तचापको रोगी हुन् । उनकी श्रीमती ५५ वर्षिया सावित्रा रेग्मीलाई पनि उच्च रक्तचाप र मधुमेहको समस्या छ ।डेढ वर्षअघि २०७८ असोज २० गते उनीहरुमाथि रोग भन्दा झन् ठूलो बज्रपात आइलाग्यो ।
अमेरिकामा जान टिकट लिइसकेर काठमाडौं जान घरबाट माइत आ उने तयारीमा रहेकी छोरी अनिता रेग्मीको आफ्नै घरमा अचानक शं कास्पद मृ,त्यु भयो । बुटवल–१२ ढबाहास्थित घरमा २७ वर्षकी जे ठी छोरीको रहस्यमय मृ,त्यु भएपछि रेग्मी दम्पति छोरी वियोगमा रो गमाथि थपिएको शोकले छटपटीमा बांच्न वाध्य छन् ।
छोरीको ह,त्या भएको दावी गर्दै रेग्मी परिवारले ६४ दिनसम्म शबको अन्त्येष्टी समेत नगरी आन्दोलन गरे । भिसेरा रिपोर्टमा अनिताको मृ, त्युको कारण शरीरमा विषादी पनि रहेको पुष्टि भएपछि अनिताको घरका ५ जना पुर्पक्षका लागि थुनामा गएपछि मात्र अन्त्येष्टी भएको थियो ।
मृ,तक अनिताका बुबा रामचन्द्रले घ,टना आ,त्महत्या नभई योजना वद्ध ह,त्या भएकाले सोही अनुसार निष्पक्ष नयाय भएर दोषीमाथि कानूनी कारवाही भए मात्र अनिता र आफूहरुले न्याय पाउने र पीडा कम हुने बताउंछन् ।
निर्दोष छोरीको अकालमै ज्यान गएपछि रेग्मी दम्पतीले औषधिको डोज बढाउनु पर्दा स्वास्थ्य अवस्था झन् कमजोर भएको दुःख सुनाउं छन् । घ,टना हुनु अघि भन्दा औषधिको डोज दोब्बर बढाएर खानु पर्दा मानसिक र शारीरिक अवस्था कमजोर भएको रेग्मी दम्पत्ति बताउंछन् ।
छोरी वियोगको पीडाले कैयौं रात नसुतेरै बिताएको आमा सावित्रा बताउंछिन् । अनाहकमा छोरी मारिएपछि रेग्मी परिवारको ध्यान आ फूहरुले गर्दै आएको व्यवसायतिर पनि गएको छैन ।
एकातिर रोगले शरीर कमजोर छ,त्यसमाथि छोरी गुमेपछि पीडा माथि पीडा थपिएको छ’–सावित्रा भन्छिन्–‘न दिनमा भोक छ न रातमा निद्रा,१०– १५ वर्ष बढी बांचिन्थ्यो होला तर रोग र छोरीले न्याय नपाउने हो कि भन्ने पीरले चांडै मरिन्छ होला भन्ने चिन्ता छ, छोरीको ज्यान लिनेमाथि सजायं नभएसम्म हाम्रो मन शान्त हुन्न ।
अनिताकी बुबा रामचन्द्रले छोरीको घ,टना आ,त्महत्या नभई योजना वद्ध ह,त्या भएको दुई दर्जन भन्दा बढी आधार र प्रमाण रहेको दावी गर्छन्
उक्त घ,टना सुनियोजित हत्या हो भन्ने ‘प्रमाण’हरु जुटाएर मोटो किताब बनाई छोरीको न्यायका लागि सञ्चारमाध्यम र विभिन्न निकाय धाउंदै दिन बिताइरहेको सुनाउंछन् ।
छोरीको ह,त्या भएको हो, आ,त्महत्या हुंदै होइन’–रामचन्द्र भन्छन्–‘विषादी खुवाएर लठ्याएपछि दुई जना वा दुई जना भन्दा धेरै मान्छे ले उठाएर झुण्डाएको हो,उनीहरुलाई कारवाही र न्यायको पखाईमा डेढ वर्षदेखि तड्पिंदै बांचेका छौं ।
सुमन खनालसंग २०७५ माघ ४ गते मागी विवाह गरेकी अनितालाई गहना (सुन) र दाइजोका कारण ह,त्या गरिएको रेग्मी दम्पतिको ठ म्याई छ । घ,टनामा संलग्न रहेको अभियोगमा ५ जनाविरुद्ध किटानी जाहेरी परेकोमा मृ,तकका सासु शान्ता खनाल, देवर मनोज खनाल, मदन खनाल र सासुकी दिदीको छोरी रुपा घिमिरे पक्राउपछि थुनामा थिए ।
तर रुपा ३ लाख धरौटीमा रिहा भएकी छन् भने अनिताका श्रीमान् सुमन खनाल अमेरिकामा सम्पर्कविहीन छन् ।उनीहरुमाथि कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी परेको छ । रेग्मी दम्पत्तिले छोरीको सम्झनामा त्रिवेणी धाममा गएर लाख वत्ती जलाएर चित्त बुझाउने प्रयास गरे तर घ,टना मुटुमै गडेकाले निरन्तर वैचेनी हुने गरेको राम चन्द्र सुनाउंछन् ।
दुबै छातीमा किला गढे जत्तिकै पीडा छ,एउटा छातीमा छोरीको अर्को छातीमा छोरीको हतया गर्ने गडेजस्तो हुन्छ’–गहभरि आंशु झार्दै राम चन्द्र भन्छन्–‘कम्तीमा योजनावद्ध हत्या गर्नेलाई कानुन अनुसार स जायको फैसला भए भने मात्र छातीमा गडेको किला निस्केर राहत र न्यायको अनुभूति हुने थियो ।
विषादी सेवन गराई लठ्याएर झुण्ड्याई ह,त्या गर्ने घ,टनाहरु बढेका तर पोष्टमार्टम रिपोर्टमा झुण्डिएको मात्रै देखिने गरेकाले आफूहरुले भिसेरा जांच समेत गराउंदा शरीरमा फस्फाइन नामक विषयुक्त ग्या स रहेको पुष्टी भएकाले यो मुद्दामा निष्पक्ष फैसला भई अनिताले न्या य पाउनुपर्ने परिवारको माग छ ।
विधि विज्ञान प्रयोगशालाको भिसेरा रिपोर्ट अनुसार अनिताको पेट, मिर्गौला र कलेजोमा फस्फाइन नामक विषादीयुक्त ग्यास रहेको पुष्टी भएको छ । प्रहरीका अनुसन्धान अधिकृतहरुका अनुसार कुनै पनि व्यक्तिले आ,त्महत्या गर्दा दुई वटा विधि प्रयोग गर्दैन, एउटै मात्र गर्छ । तर यो घ,टनामा विषको प्रयोग र झुण्डिएको देखिनुले आ,त्महत्या नभई ह,त्या गरिएको आशंकालाई धेरै बल पुगेको छ