प्रचण्डले सिंहदरवार बोलाएर सन्दिप लामिछाने सहित खेलाडीलाई गरे भव्य सम्मान

काठमाडौँ-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइसिसी विश्वकप लिग–२ का विजेता खेलाडीलाई प्रतिव्यक्ति रु दुई ला खका दरले पुरस्कार दिने घोषणा गर्नुभएको छ ।

विजेता खेलाडीलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाएर प्रधानमन्त्रीले बधाई दिनुका साथै पुरस्कारसमेत दिने घोषणा गर्नुभएको हो ।

खेलाडीलाई बधाई दिँदै प्रधानमन्त्रीले भन्नुभयो, “सर्वप्रथम इतिहास रच्नुभएकामा तपाईंहरूलाई बधाई छ । तपाईंहरूले नयाँ रेकर्ड बना उनु भएको छ, इतिहास रच्नुभएको छ ।

चार खेलमा पूरै विजय हासिल गरेर क्लिनस्वीप गर्नुभएको छ, यो देशकै गौरव हो ।”प्रधानम न्त्रीले भन्नुभयो, “तपाईंको कारण देशकै गौरव र प्रतिष्ठा बढेको छ ।

म सबै नेपालीहरूको तर्फबाट तपाईंहरूलाई हार्दिक बधाई ज्ञापन गर्दछु । तपाईंहरूलाई फेरि पनि सफलता मिलोस् । आउने प्रतिस्प र्धाका लागि शुभकामना छ ।

तपाईंहरूलाई प्रेरणा मिलोस् भनेर मैले नेपाल सरकारको तर्फबाट प्रतिखेलाडी रु दुई लाख पुरस्कार दिने घोषणा गर्दछु ।”पहिला–पहिला खेल जीवनका लागि, अनुशासनका लागि भनिन्थ्यो, अहिले त्यस्तो छैन”,

प्रधानमन्त्रीले अगाडि भन्नुभयो, “अब खेल देशका लागि भएको छ, अर्थतन्त्रको उत्थानका लागि भएको छ, राष्ट्रिय प्रतिष्ठाका लागि भएको

छ, कूटनीतिक उचाइका लागि पनि भएको छ । तसर्थ खेल क्षेत्रलाई सामान्य आँखा हेर्नु देशकै लागि गल्ती हुन जान्छ ।”

सरकारमा हुँदा होस् वा नहुँदा होस्, आफू सधैँ खेलाडीको साथमा रहेको उल्लेख गर्दै प्रधानम न्त्री दाहालले खेल क्षेत्रका समस्या समा धान गर्न लगातार सहकार्य गरिरहेको बताउनुभयो ।

प्रधानमन्त्रीले भन्नुभयो, “छोटो समयमै नेपाली क्रिकेटले जुन सफ लता हासिल गरेको छ, त्यस ले मलाई पनि राजनीतिमा प्रेरणा दिँदै आएको छ ।”

सो अवसरमा खेलाडीहरूले लिग चलिरहेकै बेला प्रधानमन्त्रीले आफूलाई हौसला दिएकामा

धन्यवाद दिँदै नेपाली खेलाडीहरूले वास्तविक अभिभावक पाएको भन्दै खुसी व्यक्त गरेका थिए ।