
काठमाडौं । भ्वाइस अफ नेपाल बिजेता गायक किरण गजमेरको स्वरमा नयाँ गीत ‘दुई किनार’ रिलिज भएको छ । दिल्ली सिन्चुरीको शब्द रहेको गीतमा लेखु सहयात्रीले संगीत दिएका छन् ।
प्रेम र विछोडको कथा बोकेको भिडियोमा आकाश श्रेष्ठ र करुणा श्रेष्ठ फिचर्ड छन् । रियल जोडीको रुपमा समेत चिनिएका आकाश र करुणा पछिल्लो समय धेरै जसो म्युजिक
भिडियोमा सँग सँगै मोडलिङ गर्ने गर्दछन् । भिडियोलाई सोनम पाख्रिनले निर्देशन गरेका हुन् । छायाँकन र सम्पा दन फराज अर्पणको छ ।
सार्वजनिक गीतका गायक गजमेर चाहिं भ्वइस अफ् नेपाल सिजन ३ का विजेता समेत हुन् । उनी हाल नेपा लमै बसेर गीत संगीतमा व्यस्त छन् ।
भिडियो हेर्नुहोस्
यो पनि,, सरकारबाट बाहिरिने राप्रपाको निर्णय
प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन पनि फिर्ताराष्ट्रिय प्रजातन्त्र पार्टीले पुष्पकमल दाहाल ‘प्रच ण्ड’ नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेको छ।
शनिबार बिहान पार्टी कार्यालय धुम्बाराहीमा बसेको राप्रपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट बाहिरिने निर्णय गरेको महामन्त्री शरदराज पाठकले जानकारी दिए।
‘प्रदेशमा पनि सोहीअनुसार गर्ने निर्णय भएको छ,’ उनले भने।
पुस १० मा सात दलबीच प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएको थियो। उक्त सहमतिअनुसार बनेका प्रदेश सरकारमा पनि राप्रपाले सहभागिता भएको थियो।
प्रचण्ड नेतृत्वको सरकारमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानमन्त्रीसहित ऊर्जा मन्त्री बनेर सहभागी बनेका थिए।
राप्रपाबाट विक्रम पाण्डे सहरी विकास मन्त्री र दीपकबहादुर सिंह ऊर्जा राज्यमन्त्री बनेका थिए।
यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी पनि प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिएको थियो। रास्वपाले सरकारबाट बाहिरिँदा सरकारलाई दिएको समर्थन फिर्ता लिएको लिएको थिएन